Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तिब्र विवादका साथ एन.सि.एफ नेपालको अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 11, 2025
327 shares
सुनसरी । नेपालमा रहेका ख्रीष्टियन मण्डलीहरुकाे हितका लागि भन्दै झण्डै सात दशकदेखि सञ्चालिन नेपाली राष्ट्रिय मण्डली सङ्गती ( एन.सि.एफ ) नेपाल को महिला तथा युवा आयोगको केन्द्रिय अधिवेशन सुनसरीको  धरानमा सम्पन्न भएकाे छ ।

अधिवेशनको सुरुवाती क्रममै विभिन्न पक्षधरहरु बाट विवादित बन्दै गरेको उक्त अधिवेशन अहिले स्थायित्वको नाममा एकाधिकारको आरोप लागेको कार्यक्रममा उपस्थित केही युवाहरू बताउन्छन् ।

नेपाली ईसाई मण्डलीहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) का नेपालको युवा तथा महिला बिभागको केन्द्रिय पदाधिकारीहरुको छनौट एक भब्य कार्यक्रमको बिच धरान -१५ कस्तुरी मार्ग स्थित इमानुयल कृपा मण्डलीमा सम्पन्न भएको हाे । उक्त अधिवेशन निर्वाचन आयुक्त तथा केन्द्रिय उपाध्यक्ष रेभ.पास्टर वीर बहादुर (B.B.)कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।

ठाेकाैँ subscribe याे च्यानललाई

राष्ट्रिय मण्डली संगती (एन.सि.एफ ) नेपाल स्थापना कालदेखि नै बिश्वासका हस्ती पुर्खाहरुले प्रार्थना सहित मण्डलीहरूको एकता, संगती र सहकार्यलाई आत्मिक जगमा आधारित रहेर अघि बढाउने उद्देश्यका साथ स्थापना गरिएको थियो।

उक्त संस्थाको मूल दर्शन “शान्तिको बन्धनमा आत्माको एकतालाई जोगाइरहनू” भन्ने बाईबलिय पद एफिसी ४:३ मा आधारित छ, जुन आत्मिक एकता, पारस्परिक सम्मान र मेलमिलापको जीवन्त सन्देश हो। यद्यपि पछिल्लो समय अधिवेशनहरूको सञ्चालन तरिका, नेतृत्व चयन प्रक्रिया, र आन्तरिक संरचनाले सो पदको मर्म विपरित गइरहेको आरोपहरू उठिरहेका छन्।

बिधान छ, तर कार्यविधि स्पष्ट छैन :

संस्थाको पुरानो बिधान अझै लागू भए पनि कार्यसमिति गठन, अधिवेशन सञ्चालन, वा प्रतिनिधि छनोट जस्ता विषयमा कुनै स्पष्ट नीति र प्रक्रिया नहुनुले संस्थाभित्रको व्यवस्थापनलाई मनोमानी ढंगले सञ्चालन गर्न सहज बनाएको छ। केही प्रभावशाली व्यक्तिहरू आन्तरिक नियमहरू आफ्नै अनुकूल बनाउने र लागू गराउने कार्यमा संलग्न भएको भन्दै युवाहरू र वरिष्ठ पास्टरहरूले आपत्ति जनाएका छन्।

महिला र युवा विभाग सञ्चालन संबंधी बिधानमा छैन:

महिला तथा युवा विभागहरू महत्वपूर्ण भूमिकामा रहेका भए पनि ती विभागहरूको लागि कुनै आधिकारिक बिधान नहुनु गम्भीर कमजोरीको विषय भएको युवाहरू बताउँछन्। अधिवेशन कुन आधारमा आयोजना हुन्छ भन्ने स्पष्टता नहुनु, र नयाँ नेतृत्व चयन गर्दा आफ्नै पक्षको प्रतिनिधिलाई अगाडि ल्याउन गरिएको स्व-केंद्रित रणनीतिले निष्पक्षता गुमाएको छ।

युवाहरूमा गहिरो निराशा र विभाजनको खतरा:

युवाहरूले स्वतन्त्र रूपमा नेतृत्व चयन गर्न नपाउँदा उनीहरूमा गहिरो निराशा उत्पन्न भएको छ। बारम्बार एउटै नेतृत्वलाई निरन्तरता दिन खोज्दा संस्थामा गुटबन्दी, पक्षपात र भावी नेतृत्वमा प्रतिस्पर्धाको सट्टा प्रतिशोधको भावना विकास भइरहेको छ। यो अवस्था एफिसी ४:३ को मर्म “आत्माको एकता राख्न शान्तिको बन्धनमा परिश्रम गर।” भन्ने शिक्षासँग पूर्णतया विरोधाभासी देखिएको छ।

प्रतिनिधि चयनमा चलखेल र हस्तक्षेप:

प्रदेशबाट केन्द्रमा पठाइने प्रतिनिधिहरूको चयन प्रक्रिया स्पष्ट नभएको र त्यसमा शक्ति केन्द्रहरूको प्रत्यक्ष हस्तक्षेप हुँदा योग्य प्रतिनिधिहरू ओझेलमा परेका छन्। धेरै युवाहरूले प्रदेश समिति बहुमतको निर्णयविना व्यक्तिगत पहुँच र दबाबका आधारमा प्रतिनिधि सिफारिस गरिनु अत्यन्तै आपत्तिजनक भएको बताएका छन्।

नेतृत्व हस्तान्तरणमा देखिएको दोहोरो मापदण्ड:

“नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्छौं” भन्ने सन्देश दिए पनि शक्ति केन्द्रमा बसेकाहरूको बोली र व्यवहारबीच देखिएको अन्तरले नयाँ पुस्तामा विश्वासको संकट उत्पन्न भएको छ। नाममात्रको अधिवेशन गरेर पहिले नै छनोट गरिएका प्रतिनिधिहरूलाई अनुमोदन मात्र गर्ने प्रवृत्तिले संस्थामा लोकतान्त्रिक अभ्यासको अभाव देखिएको छ।

निष्कर्ष:

राष्ट्रिय मण्डली संगती जस्तो पवित्र संस्थामा नेतृत्व चयन, प्रतिनिधि छनोट र अधिवेशन सञ्चालनमा देखिएको अपारदर्शिता, एकाधिकार प्रवृत्ति र अनैतिक हस्तक्षेपले संस्थाको भविष्यलाई गम्भीर संकटतर्फ डोर्याइरहेको संकेत देखिन्छ। एफिसी ४:३ बाइबलीय खण्डको अर्थ विपरित गइरहेको यस संस्थागत प्रवृत्तिले यदि समयमै सुधार नगरेमा, आत्मिक एकता, सेवा र सहकार्यमा आधारित मुल मूल्य नै मक्किन सक्ने खतरा रहेको युवा तथा वरिष्ठ अगुवाहरूको साझा धारणा छ।

हेराै बिधानका केहि अंशहरु :

  

नोट : याे सामग्री र  समाचारको स्रोत नागरिक पत्रीकबाट साभार गरिएकाे हाे यसर्थ यसकाे श्राेत समेत नागरिक पत्रीका संग गोप्य रहेको बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved