Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशमा एसकाे नयाँ नेतृत्वको उदय: दलाल पुँजीवादविरुद्ध तीव्र आलोचना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 11, 2025
54 shares

सुनसरी । नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेशको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सरिता थापा खड्काको अध्यक्षतामा १३४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। सचिवमा जलशेर राई, उपसचिवमा छिरिङ लामा र भवानी शंकर चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल प्रमुख अतिथिको रूपमा सहभागी थिए भने कार्यक्रमको विशिष्ट अतिथिमा पार्टीका शीर्ष नेताहरू, पोलिटब्युरो सदस्यहरू तथा केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डल राजेन्द्र राई (उपमहासचिव एवं प्रदेश इञ्चार्ज) को अध्यक्षतामा गठन गरिएको थियो। संचालन राजन राई (पोलिटब्युरो सदस्य) ले गरेका थिए भने मण्डलका अन्य सदस्यहरूमा अशेष घिमिरे, खीनु लङ्वा, जीवन राई, दुर्गा परियार, देउमान सम्बाहाङ्फे, भवानी खापुङ र विद्या चाम्लिङ रहेका थिए।

निर्वाचन प्रक्रिया माधव पौडेलको अध्यक्षतामा गठन भएको निर्वाचन आयोगले सम्पन्न गरेको थियो, जसमा पेशल न्यौपाने सदस्य थिए। माइन्युट कमिटीमा भीम बस्नेत, सीता पौडेल र डा. दीवाकर रेग्मी थिए। बहस नोट संकलन मोहन न्यौपाने र वीपी भट्टराईले गरे।

अधिवेशनमा बलदेव चौधरीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र चिरञ्जिवी भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरियो। अध्यक्ष मण्डलको तर्फबाट अशेष घिमिरेले प्रस्तुत गरेका समसामयिक प्रस्तावहरूलाई पनि बैठकले अनुमोदन गर्‍यो।

प्रस्तावमा संविधान २०७२ का समाजवादी मूल्य, धर्मनिरपेक्षता, संघीयता, समावेशीता जस्ता विषयहरूमा स्पष्ट प्रतिबद्धता जनाइएको छ। अधिवेशनले दक्षिणपन्थी र फासिवादी षड्यन्त्रविरुद्ध खबरदारी गर्दै सामाजिक न्याय, सुशासन, रोजगारी, सार्वजनिक सेवा, कृषि, उत्पादन र श्रमिक अधिकारका सवालमा जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएको छ। ताप्लेजुङको केवलकार परियोजनामा भएको ज्यादतीप्रति खेद व्यक्त गर्दै, दलाल पुँजीवाद र लुटतन्त्रविरुद्ध कठोर आलोचना गरिएको छ।

अधिवेशनको बन्द सत्रमा आठवटा समूहमा राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल भएको थियो। सुनसरी–ताप्लेजुङ, उदयपुर–तेह्रथुम, खोटाङ–धनकुटा, इलाम–भोजपुर, सोलु–मोरङ, झापा–ओखलढुंगा, संखुवासभा–पाँचथर र जनसंगठनहरूबाट टोली नेताहरूले आफ्नो विश्लेषण तथा सुझाव प्रस्तुत गरेका थिए।

अधिवेशनले पछिल्ला राजनीतिक घटनाक्रम, पत्रकारमाथिको आक्रमण, पसलहरूमा भएको लुटपाट, पार्टी कार्यालय र अध्यक्षको घरमा गरिएको तोडफोड जस्ता कार्यहरूप्रति खेद र आक्रोश व्यक्त गर्दै यस्ता घटनाप्रति सरकारको उदासिनता र कमजोर तयारीप्रति गम्भीर आपत्ति जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved