काठमाडौं । तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमबाट प्रत्यक्ष प्रसारणमा रहेर “म नेपालमै छु भागेकाे छैन” भन्ने प्रसाईंले साँझ आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले आजै राति झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने स्रोतले जनाएको छ ।
उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको वा नेपाल प्रहरीको अनुरोधमा पक्राउ गरिएको भन्ने स्पष्ट हुन सकेको छैन ।
ठाेकाैँ subscribe याे च्यानललाई
