Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 9, 2025
58

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पुर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पुर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी,

मलंगवा नगरपालिकाका पुर्व उपमेयर शान्ती भन्ने शबनम मिकरानी, मलंगवा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, वडा न–३ का वडाअध्यक्ष प्रमोद राय, मेयर प्रत्यासी शमिमबाबु खान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,

स्थानीय समाजसेवी, पत्रकार तथा साहित्यकारहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो । उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना गरिएको कवि सम्मेलनमा विभिन्न स्थानबाट आएका उर्दू कविहरूले शायरी प्रस्तुत गरी दर्शक स्रोताको मन जितेका थिए ।

कार्यक्रममा पूर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ले भने ,”जबसम्म हाम्रो देशमा सबै भाषा धर्म संस्कृति भेषभूषा र सबै जात जातिको समान अधिकारलाई संविधानमा सुनिश्चित गरिँदैन सबैको सम्मान गरिँदैन तबसम्म देशमा दिगो शान्तिको स्थापना असम्भव रहेको छ” उहाँले अगाडि थप्नुभयो। भर्खरै मधेस प्रदेश सभामा सरकारले प्रस्तुत गरेको भाषा विधेयकमा सरकारी कामकाजको भाषा कुन भाषालाई मान्ने भन्ने विषयमा त्यहाँ उर्दु र थारु भाषा लगायत बहुसंख्यक जनताले बोल्ने भाषालाई समावेश नगरिएकोमा घोर आपत्ति जनाउनुभएको छ। र सरकारको यो निर्णयको भर्षना र निन्दा गर्नुभएको छ। आउने विधेयकमा यदि उर्दु र थारु भाषा लगायत उत्पीडित जनताका भाषालाई समावेश गरिएन भने आन्दोलन गर्ने। आफ्नो भाषिक अधिकार प्राप्तिको लागि आन्दोलन गर्नका लागि जनतालाई उठ्न आह्वान गर्नुभएको छ।

कविहरूले सामाजिक सद्भाव, प्रेम, भाइचारा तथा शान्तिका सन्देश दिने कविता वाचन गरेका थिए । मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमका आयोजक संस्था दबिस्तान ए–नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved