नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका भारतमा साधुको भेष धारण गरी मन्दिरको पुजारी काम अनुसार फरार अपराधी लोकनाथ साह तेलीलाई फैसला कार्यान्वयनको लागि मिति २०८१/१२/२६ गते सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको छ ।
निज साह तेलीलाई सर्वोच्च अदालतको मिति २०६९/०७/२४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्व सहित जन्म कैदको सजाय सुनाएको थियो ।
ठाेकाैँ subscribe याे च्यानललाई
पर्सा जिल्ला साविक बहुअर्वाभाठा भा गा.बि.स. वडा नं.५ हाल विन्दवासिनी गाउँपालिका वडा नं २ का लोकनाथ साह तेलीले ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनी बोलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
ढोडा मुखियाको हत्या गरी फरार लोकनाथ साह तेली विगत चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा १० बर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बस्दै आएकाे पनि सिआइवीले जनाएको छ ।
