Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारतसँग सम्बन्ध सुधार नभएको प्रधानमन्त्री ओलीकाे संकेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 8, 2025
[webverse_shares]

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुधार नभएको संकेत गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत दिएका हुन् ।

बिमस्टेकको चौथो  शिखर सम्मेलनका लागि बैंकक पुगेको बेलामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो संवाद गरेका थिए । करिब  ४५ मिनेट लामो एक्लाएक्लै भएको संवादले सम्बन्ध सुधारको संकेत गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीले अन्य देशका कार्यकारी प्रमुखसँग एक्लाएक्लै संवाद गरेका थिएनन् । त्यस अर्थमा पनि ओली–मोदी  संवादलाई अर्थपूर्ण र महत्त्वका साथ हेरिएको थियो । तर, संवादले खास उत्साह नदिएको संकेत ओलीले दिएका हुन् ।

काठमाडौंको हिमालय डायलगमा बोल्ने क्रममा ओलीले सोमबार भारतको नाम त लिएनन् तर अस्वाभाविक आशंका र चासोको बारे कथा  हालेर सुनाए । अर्थात्, प्रधानमन्त्री ओली भारतीय भूमिकाप्रति असन्तुष्ट सुनिए । ओलीले भनेका छन्, ‘कुनै बेला छिमेकलाई हामीहरूले बढी आउन दियौँ होला, अब त्यो हुँदैन । यसको खास अर्थ विगतमा भारतलाई आन्तरिक मामिलामा बढ्ता आउन दिएका थियौँ, अब त्यस्तो हुँदैन भन्ने देखियो । ओलीले त्यसमा कथा हालेर नै सुनाए । उनले भनेका  छन्, ‘तपाईंले साथीलाई सधैँ चिया खुवाइरहनुभएको थियो, एक दिन तपाईंसँग पैसा भएन र चिया खुवाउन सक्दिनँ भन्नुभयो । अनि साथी ३–४ महिना रिसाउँछ । त्यसरी साथी रिसाउनुमा तपाईंका दोष केही छन् । तपाईंको दोष भनेको उसलाई चिया खुवाउन बानी पार्नु हो ।’

प्रधानमन्त्री ओलीले विगतमा भारतलाई नेपालको राजनीतिमा चासो राख्न बानी पारेको अर्थमा व्याख्या गर्न खोजेको देखिन्छ । त्यसैले, उनले छिमेक सम्बन्धमा सन्तुलन कायम राख्ने बताएका थिए । उनले भने, ‘दुई  छिमेकबीच विवाद भए त्यसमा नेपालले सन्तुलनकारी भूमिका राख्छ र भन्छ शान्तशान्त । त्यसमा ओलीले मुखले मात्रै सन्तुलनमा भन्दा आंशका गर्न सक्छन् । उत्तरले दक्षिणलाई भनेको भन्न सक्छ, अनि दक्षिणले उत्तरलाई भनेको बुझ्न सक्छ । त्यस कारण, दुवै हात एकसाथ उठाएर भन्नुपर्छ शान्तशान्त ।’

ओली कार्यक्रममा जुन रूपमा प्रस्तुत भएका थिए, त्यसले भारतसँग ओलीको सम्बन्ध सुधार नभएको संकेत त गर्थ्यो नै, प्रगतिउन्मुख छ भन्ने आस पनि देखाउँदैनथ्यो ।

हुन त ओलीले शनिबार काठमाडौं ओर्लिने क्रममा नै मोदीसँग संवाद मित्रवत् नभएको संकेत गरेका थिए । त्यस दिन ओलीले सगरमाथा संवादमा मोदी नआउने भनेर घोषणा गरे । पूर्वनिर्धारित युरोप भ्रमणमा व्यस्त हुने भएकाले मोदी आउन नपाउने बताएका थिए । पहिलो कुरा, प्रधानमन्त्रीको तहबाट उक्त घोषणा गर्ने बेला भएको थिएन ।

अनि, समय र सन्दर्भ पनि उपयुक्त थिएन । मोदीलाई विशेष अतिथिका लागि निम्ता गरिएको थियो । स्वयम् ओलीले पनि निम्ता गरेका थिए । त्यस कारण निम्ता गरेको साता दिन पनि नबित्दै प्रधानमन्त्रीको तहबाट नै मोदी नआउने भनेर घोषणा आवश्यक थिएन । अझै पनि सगरमाथा संवाद पूर्वतयारीकै क्रममा छ । ओलीले मोदी नआउने भनेर पहिला नै छेकबार लगाइसकेको अर्थमा पनि टिप्पणी भइरहेको छ ।

अर्कातिर भारत भ्रमणका लागि काँडेतार नलगाएको भनेर टिप्पणी पनि गरेका छन् । यसले  पनि तत्काल भारत भ्रमण हुने सम्भावना नदेखाएको अर्थमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved