काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजाे सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो ।
“धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
भने, धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईले पनि मिडियाकर्मीहरलाई खुसि हुँदै संछिप्तमा भन्नुभयाे, ” देशको प्रधानमन्त्रीले बाेल्नु भएकाे कुरामा बिस्वास नगर्ने त कुरै भएन तर, बजेट आएर काम सुरु नभए सम्म यसै भन्न पनि सकिन्न । ” आभारी छु, धराने जनतालाई याे खुसिकाे सन्देश हुनेछ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
