Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एपि नागरिक पार्टीको स्वास्थ्य मन्त्रीलाइ ध्यानाकर्षण पत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 6, 2025
21 shares

अविन मेयाङ्गवो,काठमाडौ / आमूल नागरिक परिवर्तन पार्टीको केन्द्रिय अध्यक्ष दलमर्दन कामीले एक बिज्ञाप्ती जारी गर्दै काठमाडौ क्षेत्रमा बढ्दो मौसम प्रदुषणलाइ रोक्न ध्यानाकर्षण गराएका छन।

बिज्ञाप्तीमा संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको  काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा  अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर  लतीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराएको उल्लेख गरेका छन।

बिज्ञाप्ती:-

२०८१ चैत २३

प्रेस विज्ञप्ति

नेपाल सरकार

स्वास्थ्य मन्त्रालय

काठमाण्डौ, नेपाल

विषय : प्रदूषण नियन्त्रणका लागि  पहल गर्ने बारे ।

काठमाण्डौ उपत्यकामा बढिरहेकोे मौसम प्रदूषणको मात्रा अत्यन्तै उच्च भएको छ ।  जसले उपत्यकावासी  नागरिकहरूको स्वास्थ्य र जनजीवनमा गम्भीर असर पुर्‍याईरहेको छ ।  समयमा वर्षा नहुनु,सवारी साधन यातायातका धुँवा धूलो र अन्य प्रदूषणको मात्राले श्वासप्रश्वास र शारीरिक स्वास्थ्यमा दिनानुदिन समस्या बढिरिरहेको छ ।  वायु प्रदूषणका कारण मलेरिया, रुघाखोकी, ज्वरो,श्वासप्रश्वासमा समस्या, एलर्जी र हृदयघातको जोखिम बच्चा र बृद्धअवस्थाका साथै दीर्घरोगीहरु प्रभावित भई अत्यन्तै जोखिमपूर्ण अवस्थामा  रहेका छन् ।

यस परिपेक्षमा हाम्रो पार्टीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धित निकायलाई स्वस्थ्य जस्तो गम्भीर समस्याप्रति चिन्ता र चासो राखि  ध्यानाकर्षण गराउँदै, पार्टीको तर्फबाट निम्न सुझावहरु सहित तत्काल समस्याको समाधानका लागि हार्दिक अनुरोध गर्दछौं ।

१. प्रदूषणको वास्तविक अवस्था र त्यसको असर बारे स्वस्थ्य चौकी, स्वास्थ केन्द्र निर्माण गर्ने ।

२. नागरिकलाई बढ्दो प्रदूषणकाे खतराका बारेमा जानकारी दिन सचेतना कार्यक्रमको आयोजना छिटो गरियोस् । साथै, प्रदूषणका कारण उत्पन्न हुने रोग र त्यीनका रोकथामका उपायहरू बारेमा जनचेतना फैलाउन अभियान संचालन गर्ने ।

३. काठमाण्डौको धुलो र वायु प्रदूषण घटाउन दीर्घकालीन वातावरण संरक्षण नीतिहरू र योजनाहरू तत्काल बनाउने ।

४. सवारीलाई जतिसक्दो  हानिकारक इन्धनको प्रयोग घटाउने,विद्युतीय ईन्धनकाे प्रयाेग गर्ने, हरियाली वृद्धि गर्ने र फोहोर व्यवस्थापन गर्ने ।

५, प्रदूषणबाट उत्पन्न हुने रोगको उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रमा विशेष उपचार कक्षको स्थापना र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने ।

संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको  काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा  अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर  तीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराउँदछाैं ।

दल मर्दन कामी

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved