काठमाडौं । काठमाडौंको तीनकुनेमा हिंस्रक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलस्थित विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा केही समय बसेको खुलेको छ। खतिवडाले प्रहरीलाई प्रसाईं आफ्नो घरमा आएर स्याउ र केरा खाएर निस्किएको बयान दिएका छन्।
खतिवडा आफैं प्रदर्शनमा भिडलाई उत्तेजित बनाउन संलग्न थिए र उनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। यसबीच, आन्दोलनका अन्य राजावादी नेताहरु पक्राउ परेका छन् भने दुर्गा प्रसाईंको खोजी जारी छ। प्रहरीले उनलाई हत्या अभियोगमा समेत अनुसन्धान गर्ने तयारी गरिरहेको छ।
