काठमाडौं । आफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडा ललितपुरको इमाडोलबाट पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरीका एक अधिकारीले शनिबार बिहान नेपालखबरलाई जानकारी दिए।
शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि यसो गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेतालाई पक्राउ गरिसकेको छ। शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका थिए।
