Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पिडित परिवार भेट्न पिडितकै घर घरमा संघीय लोकतान्त्रिक गठबन्धन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2025
870

सर्लाही। प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनले आज सर्लाही जिल्लाका दुई फरक फरक स्थानका पीडित परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको दुःखमा ऐक्यबद्धता जनाएका छन्। गठबन्धनका प्रमुख नेताहरू रामनगर गाउँपालिका-२ का मृतक मोहर मिया र घाइतेहरूको परिवारसँग भेट गरे भने, बसबरिया-२ मानपुरका मृतक राजीव पासवान र धनञ्जय रायका परिवारहरूसँग पनि भेटघाट गरी घटनाको विस्तृत जानकारी लिएका छन्।

फागुन २४ गते दुई क्रिकेट खेलाडी टिमहरूको बीचमा सामान्य कुटपिट र चोटपटकको घटना भएको थियो। र यसको बारेमा स्थानीय प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी चौकीका इन्चार्जले भोलि २५ गते यस विषयमा छलफल गरी छिनोफानो गर्ने भन्ने समय दिनुभएको थियो। तर यसै बीचमा केही असामाजिक र अपराधिक तत्वहरूले योजनाबद्ध तरिकाले षड्यन्त्रमूलक ढंगले गुट बनाई प्रहरी चौकीमा छलफल हुनुभन्दा पहिले नै मुस्लिमहरु निर्घात र निर्मम तरिकाले कुटपिट गरे जसको परिणाम एकजना मोहर मिया भन्ने वृद्ध मान्छेको मृत्यु भयो। पाँचजना सख्त घाइते भएका छन् । भन्ने कुरा स्थानीयवासीहरूले भन्नुभएको छ।

गठबन्धनका नेताहरूले यी घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। पछिल्लो समय देशभर जातीय तथा धार्मिक आधारमा भइरहेका हिंसात्मक घटनाहरू, हत्या, बलात्कार तथा अपराधका घटनाप्रति राज्य गम्भीर हुनुपर्ने भन्दै गठबन्धनले सरकारलाई कडा सन्देश दिएको छ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी ज्यूले सरकारलाई असामाजिक , आपराधिक तत्वहरू तथा धार्मिक तथा जातीय अतिवादीहरूलाई समयमै नियन्त्रण गर्न नसके मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्। राज्यले यदि अपराधीहरूलाई संरक्षण गर्ने वा कानुनी कारबाहीमा ढिलाइ गर्ने प्रवृत्ति कायम राखेमा देशमा सामाजिक सद्भाव खल्बलिने मात्र नभई नागरिकहरूले सरकारप्रति नै अविश्वास जनाउने अवस्था सिर्जना हुने वहाँले भन्नुभयो।

भेटघाट कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष मो. रिजवान अंसारी, बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन, नेपाल जनजागृती पार्टीका केन्द्रीय अध्यक्ष डी.पी. निषाद सहनी, प्रदेश सभा सदस्य मा. विमला अंसारी लगायतका नेताहरू सहभागी थिए।

यसका साथै बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता एवं सर्लाही क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा प्रत्यासी राजाराम पासवान कार्यक्रममा उपस्थिति जनाएका थिए।

घटनाको निष्पक्ष छानबिन र न्यायको माग

गठबन्धनले यी दुबै घटनाको निष्पक्ष छानबिन गर्नका लागि स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई आग्रह गरेको छ। पीडित परिवारहरूसँग भेटपछि गठबन्धनका नेताहरूले घटनास्थलको निरीक्षण गर्दै प्रहरी प्रशासनसँग पनि छलफल गरेका छन्।

गठबन्धनका नेताहरूले सरकारले शान्ति सुरक्षालाई प्राथमिकता नदिए जनता स्वयं आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन्। उनीहरूले आपराधिक घटनाहरूको निराकरणका लागि राज्य संयन्त्रलाई प्रभावकारी बनाउन, पीडितलाई शीघ्र न्याय दिन र अपराधीहरूलाई कडा सजाय दिन माग गरेका छन्।

संघीय लोकतान्त्रिक गठबन्धनले आगामी दिनमा पनि पीडित समुदायको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्दै देशव्यापी रूपमा शान्ति, न्याय र समानताको लागि संघर्ष जारी राख्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved