आकाश मगर । ख्रिष्टीयन समुदाय धार्मिक वा आध्यात्मीक कुरा सँगै समाज सेवामा पनि उतिकै दिलो ज्यान दिएर लाग्छन र समाज रुपान्तरण सँगै देशको शैक्षिक बिकाश ,समानता, लैँगिक बिभेद, छुवाछुतको बिरुद्धमा ख्रिष्टीयन समुदायको ठुलो योगदान छ भन्ने कुराको एउटा प्रमाण सहित आशिष छात्रावास धरानले प्रमाणित गरेकोछ ।
देशको बिभिन्न भुभागमा रहेको आर्थिक र सामाजिक बिपन्नतामा परेको, जोखिममा परेको, शिक्षा देखि वञ्चित भएको छोरिहरुलाई आवसको प्रबन्ध सहित निशुल्क शिक्षा उपलब्ध गराएको ३० वर्षको उपलक्ष्यमा ३० औँ बार्षिक उत्सहब साथै अल्मुनाई भेटघाट समापन गरेकोछ । आशिष छात्रावासमा अध्यायन सकेर बिभिन्न क्षेत्र ब्यावसायमा सफल भएका पुर्व बिधार्थिहरुले आफ्नो अनुभवहरु बाड्दै आशिष छात्रावास प्रति कृतज्ञता जाहेर गरेकाछन । धरान बिभिन्न राजनितिक दलका नेताहरु, जनप्रतिनिधिहरु, काोशि प्रदेशका सँसदहरु, र सँघि सँसाद पुर्व मन्त्रि अशोक राई लगायत, धरानको भद्रभलादमि,समाजसेवि र चर्चका पाष्टरहरुको उपस्थितिमा मनाईएको रजत महोत्सबमा कालेम्पोङ्ग भारतको हिसप म्युजिक मिनिष्टिको ब्याण्डले बिशेष प्रस्तुति दिएका थिए। सोमबार दोश्रो दिन आशषि छात्रावास धरानको आयोजनामा सयौँ मानिशहरुले रक्तदान समेत गरेका थिए।

बिशेष अतिथिको रुपमा आएका पुर्व मन्त्रि माननिय अशोक राईले, ख्रिष्टियन समुदायले देशमा गरेको शैक्षिक योगदान, स्वास्थ्य क्षेत्रमा दिएको योगदान र देश बिकाशको लागि गरेको योगदानलाई ईतिहाँसले कहिले पनि भुल्न नसक्ने बताएकाछन । सरकारले गर्न चुकेको धेरै कामहरुका ख्रिष्टीयन समुदायले देशलाई परिवर्तनको बाटोमा हिडाउन ठुलो योगदान गरेको मुक्तकण्ठले प्रसँसा गरे।

आशिष छात्राबासले देशको बिभिन्न ठाउबाट ५० जना छोरिहरुलाई आवास सहित निशुल्क शिक्षा उपलब्ध गराएको धरान उपमाहा नगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष नरेश ईवारमले धन्यबाद ब्यक्त गरेकाछन र छात्रावासलाई कानुन सँवत गर्न पर्ने सबै खालको सहयोग गर्ने प्रतिबद्धता गरेकाछन ।

