काठमाडौं । नेपालको साहित्यिक फाँटमा नयाँ आयाम थप्ने उद्देश्यले लेखक ओम कुमार राई द्वारा लिखित पुस्तक “हृदयको घाऊको उपचार” विमाेचन गरिएकाे छ।
काठमाडौंकाे बनस्थली स्थित एक हलमा आयाेजित पुस्तक विमाेचन एक कार्यक्रम गरि उक्त पुस्तकको औपचारिक विमोचन
विमोचन गरिएको हो।
समारोहमा नेपालका ख्यातिप्राप्त साहित्यकार, मनोविज्ञानविद्, पत्रकारहरु, बिभीन्न संघसंस्थाका व्यक्तित्वहरु तथा पाठकहरूको उपस्थिति रहेको थियो। भने, विशेष अतिथिहरूले पुस्तक विमोचन गर्दै यस कृतिले नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
साथै, लेखकले पुस्तक लेख्ने क्रममा भोगेका अनुभवहरू बाड्दै मानसिक स्वास्थ्यको महत्वबारे प्रकाश पारे ।
पुस्तककाे भाव कस्ताे छ त !
“हृदयको घाऊको उपचार” एक मनोवैज्ञानिक तथा प्रेरणादायी कृति हो, जसले जीवनका विभिन्न क्षेत्रमा हुने भावनात्मक चोट, मनोवैज्ञानिक संघर्ष र यसबाट निको हुने उपायहरूबारे महत्वपूर्ण विषयहरु प्रस्तुत गरेको छ । लेखकले पुस्तकमा व्यक्तिगत अनुभव, अध्ययन र अनुसन्धानलाई संयोजन गर्दै पाठकलाई आत्मबोध, मानसिक स्वास्थ्य र आत्मिक मार्गदर्शन दिने प्रयास गर्नु भएको छ ।
“हृदयको घाऊको उपचार” केवल एक शब्दहरुको संग्रह वा विचारको पुस्तक मात्र नभएर जीवन बदल्न सक्ने, मार्गदर्शन दिने र संघर्षको समयमा विजयी बनाउन सक्ने कृति हो। दुखेको मनलाई सान्त्वना, प्रेरणा दिने र निको बनाऊने साथै आत्मसुधारका उपायहरू यस पुस्तकमा समेटिएका छन्, जसले विशेषगरी मानसिक तनावबाट गुज्रिरहेका पाठकहरूलाई विशेष लाभ दिनेछ।
