काठमाण्डौ। ख्रीष्टियान मिडिया सोसाईटी (सिएमएस) को नयाँ कार्य समिति चयन भएको छ। सिएमएसको हिजो सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। विश्वास थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसमा अध्यक्षमा विश्वास थापा, उपाध्यक्षमा कुमार अब्राहम, सचिवमा गोविन्द कामी, कोषाध्यक्षमा निगम सुन्दास र सदस्यहरूमा अजय कार्की, नहुम गाहा र संजय बर्मा रहेका छन् ।
ख्रीष्टियान पत्रकारहरुको संगठन सिएमएसको नयाँ कार्यसमिति अध्यक्षमा सर्वसम्मत चयन भएका पत्रकार विश्वास थापाले आगामी दिनमा समग्र ख्रीष्टियन समुदायको आवाज सशक्त ढंगले उठाउने र संगठनलाई अझ सवल बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ग्रेस FM का station manager समेत रहेका सचिव गोविन्द कामीले आगामी दिनमा अल्पसंख्यक ख्रीष्टियन समुदायको अधिकारका पक्षमा आफु संगठनमा रहेर अझै सशक्त ढंगले आवाज उठाउने बताए ।
ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्न, एकतामा रही साझा आवश्यकताहरूको सवालमा मिलेर काम गर्न, ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्नको लागि वि.सं.२०७३ सालमा ख्रीष्टियन मिडिया सोसाइटीको स्थापना गरिएको थियो ।
