✏️ दिपेश श्रेष्ठ “म केही समय देखि खाेटाङकाे बिषयमा लेखिरहेकाे थिएन र लेख्ने मन पनि छैन, अनि मैले लेख्न पनि जरुरि ठान्दिन किन भने विभिन्न पार्टीको जनवर्गीय संगठन सहितकाे पत्रकारकाे जिल्ला साखा सहित पत्रकार माहासंघ नेपालकाे समेत खाेटाङमा जिल्ला साखा हुनुपर्छ ,सायद छ हाेला।
जिल्लाकाे दस स्थानिय तह मध्य दुइवटा नगरपालिका छ जसमध्य एउटा नगरपालिकाकाे नागरिक हुँ म, यसर्थ थाहा पाएकाे वा थाहा दिईएकाे बिषयमा लेख्दा खाेटाङ्गे जनता र स्थानिय पत्रकारहरुलाई समस्या नहाेला भनेर सञ्जालमा देखिएकाे केही लेख्दै छु।
खाेटाङमा के तमासा भएकाे छैन र ? नगरकाे आयाेजनामा नगर र जिल्लाकाे नाम विश्वभर चिनाउन काठमाडौंमा चित्रकला गरियाे,खाेटाङ र नगर चिनाउन बाँस सम्मेलन गरियाे, पर्यटन बिकासकाे लागि काली बाबा ल्याइयाे,, यी सब बाट आखिर जिल्ला र स्थानिय तहहरुकाे नाम त विश्वभरि चिनिरहेकाे छ नि!!
जनप्रतिनिधि, कर्मचारी, पत्रकार,राजनिती दल सबै मिल्याे भने मरेकाे मान्छे समेत स्वर्गबाट उठेर खाेटाङ आउने र बिकास निर्माणकाे माईनुटमा हस्ताक्षर गर्ने अचम्मकाे मेराे खाेटाङमा कालिबाबा माहाराज आएर चेलिहरुकाे शरिरमा अनि तिनकाे शरिरकै संवेदनशील भागमा हात लगाउदा समेत विश्वमा नाम त चलेकै थियाे नि?? हैन त !!
र अहिले भर्खरै अनि सा नामक फेसबुकबाट लेखिएकाे अर्काे बिषयले अझै जिल्लाकाे र नगरकाे नाम राख्ने खालकाे देखियाे। जुन खबर लेख्नकाे लागि पनि सायद खाेटाङमा पत्राकर छैन, कानुनि आभास दिन प्रशासन छैन, सुरक्षा दिन प्रहरी छैन, शिक्षा दिन शिक्षक छैन र त आफुमाथि परेकाे पीडा पनि पिडितहरुले सामाजिक सञ्जालमा ब्यक्त गर्नु परिरहेकाे छ।
बिकासकाे ठेक्का लिने स्थानिय तह,सुरक्षाकाे जिम्मा पाएका जिल्ला प्रहरी, प्रशासनकाे जिम्मा पाएका प्रशासन प्रमुख,खबरदारीकाे आवाज बाेल्ने ठेक्का लिएका पत्रकार सबै सायद सहि वा गलत छुट्याउन र छुपाउन माहिर छन् त पिडित नागरिककाे सहारा सञ्जाल बनेकाे छ।
तीन दर्जन लाख भन्दा बढि खर्चिएर काठमाडौंमा गरिएकाे चित्रकलाबाट खाेटाङकाे वा कुन स्थानिय तहका नागरिक व्यवसायीक बनेर विश्व बजारमा उनले काेरेकाे चित्रहरु निर्यात भयाे , ? नगर प्रमुख ज्यू?? अनि त्याे भर्खरै सम्पन्न भएकाे बाँस सम्मेलनबाट खाेटाङबाट कति दर्जन व्यवसायीहरुले तेहि पेसा गरेर पूर्णतया जिविकाेपार्जन गरिरहेका छन्?
एउटा राम्राे अस्पता हरेक स्थानिय तहमा हुनु पर्थ्याे तर, धन्य हुन हाम्रा ती जनप्रतिनिधिहरु जिल्ला अस्पतालकाे हरिबिजाेकका कारण धनि बिरामिहरु हेलिमा शहर पुग्छन् त गरिबहरु गाउँमै मर्न बाध्यछन्। फेरि जनप्रतिनिधिकाे कम्ताकाे फुइँ छ एम्बुलेन्सकाे??
बस्तिहरुमा मान्छे मर्दा मलामि पाउन छाेडिसक्याे बरु एम्बुलेन्सलाई सवबाहन बनाईदेउ,, कमसेकम घाटलान बिकासकाे नाममा धुलेबाटाे खन्याछाै र प्रचारवाजिकाे नाममा बाँस सम्मेलनकाे नाटकमा लास बाेक्ने बाँसकाे सत्यनास नगरिदेऊ।
अनि पर्यटन प्रवर्द्धनमा केही घण्टा अघि मात्र माहाराजले चेलिहरुमाथि गरेकाे गतिविधिले त पर्यटनको राम्रै प्रवर्द्धन भइरहेकाे छ, अब के ती क्यारेम्बाेर्ड खेल्दै स्कुले छाेरिहरुलाई हातपातकाे घटनाबाट पनि विश्व रेकर्ड राख्ने हाे??
याे प्रस्न जाे जस सँज सम्बन्धित छ हेक्का हाेस सबै बिषय त समेट्न नसकिएला तर, केही दिन अघि २ दर्जन बढिलाई तालिम दिएर बनाएका पत्रकारहरु पनि आखिर प्रमाण-पत्र किन्न र बेच्नकै लागि नाटक गरिएकाे थियाे कि,,,,
बिषयबस्तुहरु खाेजेर बाहिर ल्याउने पनि तालिम थियाे???
अनि लगानि गरेर पनि प्रतिफल दिन्न भने घरेलु तथा साना उद्याेगले पत्रारिता तालिमका लागि भनेर किन नागरिककाे पसिना नास गरेकाे?? गाउँ ,शहर र बस्तिहरुकाे खबर बाहिरिन्न भने सूचनाकाे नाममा बार्षिक पचासौं लाख बजेट चाहिँ हरेक स्थानिय तहहरुले सिण्डिकेटधारि पार्टिका पत्रकार भनिने नेता किन पाेस्छाै बरु कि दूध काेशीमा कि त साप्सुमा बगाईदिए हुन्छ नि!
अब हेराैँ अनि सा काे पीडा भनाै या सुझाव कि चेतावनी ? फेसबुक स्टाटस जस्ताकाे तस्तै :
धेरै दिन भो।
कि त्यो केटाहरूलाई तह लगाउने पर्मिसन दिइयोस् नत्र सम्बन्धित निकायको ध्यानाकर्षण होस्।
रत्नपार्कको मनोज इलेक्ट्रोनिक अघिको ठुलो डिस्प्ले बोर्डबाट फ्याम्ली कियर जाने बाटो नीर भएको सानो पसलमा, क्याम्बोर्ड राखिएको छ र सामान्य खाजा खाने पसल छ। मेरो गुनासो व्यापारी प्रती हैन तर त्यहाँ आउने ग्राहक ठ्याक्कै टिनेजरका फुच्चेहरु भनौ। क्यारम्बोर्ड त खेल्छन् ठिक छ, चुरोट खान्छन् त ठिक छ तर दिनदहाडै स्कुलबाट घर जाँदै गरेका, ट्युसनबाट फर्किदै गरेका, बजार हिडेका जो पनि केटि/किशोरी त्यो बाटो हिड्छन्। उनीहरु कि त गित गाउछन् कि केही इसारा गर्छन् अनि जिस्काउछन् अफ्ट्यारो महसुस गराउछन्। मेरो आफ्नै बहिनी एक्लै दिउँसो पनि त्यो बाटो हिड्न मान्दिन। म बाहिर गए भने म नआउन्जेल र ढोकामा आएर मैले फोन गरेर वा आवाज दिएर ढोका खोल नभनुन्जेल ढोका खोल्दिन। बाँकी रह्यो मलाई 6/7 मा पढ्ने विद्यार्थीले पनि यो कम्प्लेन धेरै पटक, धेरै जनाले गरिसके। यो मेरो बसमा छैन भनेर चुपचाप बस्दा मलाई खुब दुखेको छ। हुन त यो काठमाडौं जतिको ठूलो सहर हैन तर यति सानो एरियामा पनि सुरक्षित भएर हिड्न नपाउनु?
भुसिया कुकुरको नियन्त्रण बरु अलिक पछि गर्नुस् तर यो नियन्त्रण बाहिरको कुरा हुन खोज्दैछ। यो रत्नपार्क एरिया गाजा तान्ने र सुई लगाउनेको छ्याप्छ्याप्ती छ। अनि उनीहरुको सिकार त महिला नै अन्तिममा। कहिले पर्सनल काम त कहिले संस्थाको कामले रात पर्छ, एक्लै हिड्नु पर्ने बाध्यता हुन्छ। यदि यत्तिकै छाडा छोड्दिने हो भने अलिक समयमा दिक्तेलको बजारबाट यौन दुर्व्यवहारको घटना थामी नसक्नु हुन्छ नै हुन्छ। कि घटना नै पर्खिनु भएको छ भने त्यो तपाईहरु जान्नुस्। नत्र कि हाम्लाई भाटा लगाउन दिइयोस्, कि यिनिहरुलाई नियन्त्रणमा लिइयोस्। प्लिज!
हुन त फेसबुकमा लेखेर केही हुन्न तर मलाई यति विश्वास छ कि तपाई देख्ने/पढ्नेहरुबाटै पनि केही न केही यसको निचोड आउनेछ। थ्याङ्क्यु।
