काठमाडौं । पद्म कन्या बहुमुखी क्याम्पस (पीके), बागबजार, काठमाडौंमा शंकास्पद देखिएपछि विद्यार्थीहरू सशंकित बनेका छन् ।
आइतबार बिहानै पीके कलेजमा संकास्पद बस्तु देखिएपछि विद्यार्थीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाव कमलपोखरी, मालीगाउँका प्रहरी प्रमुख (डीएसपी) सुनिलजंग शाहले पीके कलेजमा प्रेसर कुकरमा तार, ढुङ्गाहरू हालेर राखिएको भेटिएको बताए । उनले त्यस्तो शंकास्पद बस्तु केही नरहेको बताए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन दुई दिन बाँकी रहेका बेला पीके कलेजमा शंकास्पद बस्तु भेटिएपछि विद्यार्थीहरू आत्तिएका छन् । डीएसपी शाहले स्ववियुको चुनाव समयमा हुने र शान्ति सुरक्षा कायम गरिएको बताए ।
