Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कमल गाउँपालिका अध्यक्ष राईद्वारा प्रधानमन्त्री ओलीसँग भेट, पालिकाको समस्याबारे ध्यानकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2025
9 shares

झापा।  कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी गाउँपालिकाका समस्याहरूबारे ध्यानाकर्षण गराएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित भेटका क्रममा अध्यक्ष राईले कमल गाउँपालिका विशेषगरी वडा नम्बर ३, ४, र ५ मा जंगली हात्तीको आतंक र रतुवा तथा कमल खोलाको नदी कटान नियन्त्रणको विषयमा लिखित रूपमा जानकारी गराएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष राईले जंगली हात्तीका कारण स्थानीय बासिन्दाहरूले दैनिक ५–७ वटा घर गुमाउनुका साथै खाद्यान्न र अन्नबाली नष्ट हुने गरेको उल्लेख गरे। उनले पछिल्लो समय हात्ती आक्रमणका कारण चार जनाले ज्यान गुमाएको घटनाबारे समेत जानकारी गराए । प्रधानमन्त्री ओलीले यो समस्या गम्भीर भएको भन्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष राईले बताए।

अध्यक्ष राईले गाउँपालिकाका गौरवका योजनाहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “प्रधानमन्त्रीज्यूकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका महत्वपूर्ण योजनाहरूमा समेत ध्यान पुग्नुपर्छ।”

रतुवा र कमल खोलाका कारण वर्षौंदेखि पीडित स्थानीयहरूलाई राहत दिलाउन बाँकी रहेका तटबन्ध योजनाहरू पूरा गर्न आवश्यक बजेटको माग गरिएको उनले बताए। “आगामी बजेटमा यसबारे आवश्यक सम्बोधन हुने विश्वास छ,” अध्यक्ष राईले भने।

कमल–५ स्थित मंगलबारे बजारलाई सुविधा सम्पन्न बजारका रूपमा विकास गर्न उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आवश्यक प्रस्ताव पेश गरिएको छ। मन्त्री सिंहले शहरी विकास योजनाअन्तर्गत बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष राईले जानकारी दिए।

यस्तै, कमल–२ मा सामुदायिक भवन निर्माणको योजनाबारे पनि छलफल भएको छ।

त्यस्तै, अध्यक्ष राईले युवा तथा खेलकुद मन्त्री तेजलाल चौधरीसँग भेट गरी कमल–५ मा निर्माणाधीन आदिवासी रंगशालाका लागि आवश्यक बजेटको माग गरेका छन्। उनले रंगशालाको अधुरो कम्पाउन्ड वाल, प्याराफिट निर्माण लगायतका कार्य सम्पन्न गर्न कम्तीमा १० करोड रुपैयाँ विनियोजन गर्न लिखित अनुरोध पत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved