काठमाडौं । भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) संस्थाको आफ्ना सदस्यहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज क.लि. ले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने सम्झौतामा हिजाे मिति २०८१ फाल्गुन २६ गते साेमबार केएमसि हस्पिटलमा भर्ना भएका बिरामीको निम्ति २५% छुट र ओपिडी सेवामा १०% छुट दिनेगरी सम्झौता सम्पन्न भएको छ।
सम्झौता-पत्रमा संस्थाका तर्फबाट केन्द्रीय अध्यक्ष श्री बीरबहादुर भण्डारीज्यु र काठमाडौं मेडिकल कलेज क. लि. को तर्फबाट कार्यकारी अध्यक्ष श्री सोयना शर्माज्युले हस्ताक्षर गर्नुभएको छ।
उक्त कार्यक्रममा उपस्थित विशिष्ट अतिथि मा. डा. चन्द्र भण्डारीज्युको रोहवरमा काठमाडौं मेडिकल कलेज क. लि. को तर्फबाट प्रशासन बिभाग प्रमुख श्री नारायण दाहालज्युले संस्थाका अध्यक्ष श्री बीरबहादुर भण्डारीज्युलाई सम्झौता-पत्र हस्तान्तरण गर्नुभएको थियो।
उक्त अवसरमा संस्थाका प्रमुख संरक्षक श्री जिवनकुमार भण्डारीज्यु, वरिष्ठ उपाध्यक्ष श्री रामकुमार भण्डारीज्यु, कोषाध्यक्ष श्री रामहरी भण्डारीज्यु, निवर्तमान महासचिव श्री माधव भण्डारी, वरिष्ठ केन्द्रीय सदश्य एवं सामाजिक उत्तरदायित्व बिभाग प्रमुख श्री रामकाजी भण्डारी र केन्द्रीय सदश्य श्री जोगबीर भण्डारीको उपस्थिति रहेको थियो भने काठमाडौं मेडिकल कलेज क. लि.बाट मेन्टिनेन्स शाखा प्रमुख श्री एकबहादुर राउत लगायतका महानुभावहरुको उपस्थिति रहेको भण्डारी सेवा समाजका निबर्तमान केन्द्रिय महासचिव माधब भण्डारी बताउनु भयो।
यस अघि काठमाडौंको धुम्बाराही स्थित ह्याम्स अस्पताल प्रा.लि.सग पनि भण्डारी सेवा समाज, नेपाल (रघुवंशी, कौशिक गोत्रीय) ले आफ्ना सदश्यलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भई सेवा शुरुआत भैसकेको छ।
२०६५ असोज ३ गते नेपाल सरकारमा दर्ता भएको यस संस्थाले रघुवंशी, कौशिक गोत्रीय दाजुभाईको बसोबास रहेको जिल्ला/पालीकामा संगठन विस्तारको क्रममा रहेको छ। प्राकृतिक विपत्ति, स्वास्थ्य समश्यामा र दु:ख/अप्ठ्यारोमा परेका आफ्ना बन्धुहरुलाई सामाजिक उत्तरदायित्व बिभाग मार्फत विभिन्न सहयोग पुर्याउदै आईरहेको छ। र वंशावलीको पहिलो प्रकाशन प्रकाशित गरेको यस संस्थाले दोस्रो संस्करण पनि चाडै प्रकाशित गर्ने योजनामा छ।
