मोरङ । मोरङको बेलबारी नगरपालिका वडा नम्वर ११ लक्ष्मीमार्ग स्थित रहेको श्री लक्ष्मी सामुदायिक वन उपभोक्त समुहको वन क्षेत्रमा पोखरी निर्माण कार्यको आरम्भ भएको छ। जङ्गली हात्ती मानव बस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’ अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको हो।
समुहको उक्त वन क्षेत्रमा विभिन्न जातका वादर र ढेडुका प्रजातीहरु पाईने भएको हुदाँ सो क्षेत्र ढेडुवगरको नामले परिचित हुँदै आईरहेको छ। पानीको अभावले निर्जन वगर जस्तो देखिने अवस्थामा रहेको सो स्थानमा पोखरी निर्माणले आन्तरिक पर्यटकीय ब्यावस्थापन साथै हरियाली सिमसार जस्तो रमणीय स्थान बनाउन सकिने स्थानियहरुको भनाई छ।
समुहको वन क्षेत्रमा निर्माण शुरु भईरहेको उक्त पोखरीको पानी वादर,हरिण,बँदेल,खरायो लगायत विभिन्न जंगली जनावरहरु लाई पानीको राम्रो स्रोत हुने र पोखरी निर्माण तथा ब्यावस्थापनले ठूलो राहत मिल्ने विश्वास गरिएको छ। सामुदायिक वनका अध्यक्ष सुजय गौतमका अनुशार निर्माणाधीन पोखरी जंगली जनावर लाई मात्र नभएर आन्तरिक प्रर्यटन संग संगै समुहमा आवद्ध उपभोक्ता कृषकहरुलाई समेत समुहको खाली जमिनमा कृषि क्षेत्रको विकाशमा अग्रसर गराउन र विभिन्न फलफुल,जडिबुटी एंव तरकारी खेतीको उत्पादन संग जोड्नको लागि र उपभोक्ताहरु कृषकहरुलाई निजि स्तरमा प्रोत्साहन गर्न पनि पोखरीको पानी महत्त्वपूर्ण पानीको स्रोत हुन सक्ने अध्यक्ष गौतमले जानकारी गराए।

