काठमाडौं ।नेकपा एमाले खाेटाङ – काठमाडौं सम्पर्क मञ्चकाे आयाेजना तथा मञ्चका अध्यक्ष दिपक दाहालकाे अध्यक्षतामा बृहत् बनभाेज कार्यक्रम सम्पन्न भएकाे छ। काठमाडौंकाे गाेकर्णमा आयाेजित उक्त बनभाेज कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिब तथा पूर्व मन्त्री पद्मा अर्यालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने खाेटाङ- काठमाडौं सम्पर्क मञ्चका अधिकांश नेताहरुकाे पस्थिति थियाे।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले पाेलिटब्युराे सदस्य विशाल भट्टराई हरेका थिए भने अतिथिकाे भुमिकाबाट एमाले केन्द्रीय सदस्य तथा काेशी प्रदेश सरकारका पूर्व सामाजिक बिकास मन्त्री उषाकला राई, केन्द्रीय सदस्य तथा बिद्यार्थी जिल्ला कमिटि ईन्चार्ज रमेश पाैडेल, काेशी प्रदेश उपसचिव देवबिक्रम राई रहेका थिए।

यस्तै, काेशी प्रदेश सचिवालय सदस्य अखिल नेपाल महिला संघ केन्द्रीय सचिब तथा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकि पूर्व उपप्रमुख बिणा देवी राई लगाएत अतिथिकाे रुपमा उपस्थित भई कार्यक्रमलाई हाैसला थपेका थिए। कार्यक्रममा नेकपा एमाले खाेटाङ-काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष नबराज राेका लगाए मञ्चमा रहेर नेकपा एमाले खाेटाङका लागि समर्पित नेताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।

