चितवन। चितवनकाे भरतपुर- ११ स्थित धावन पार्टिप्यालेसमा यहि फागुन २२/२३ मा पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएकाे छ।
चितवन ख्रीष्टियन संघकाे आयाेजनामा सम्पन्न उक्त दुइदिने सम्मेलनमा प्रशिक्षका रुपमा हल्याण्डका नागरिक डा.विल्किन फन ड काम्य रहेका थिए भने साे पास्टर तथा अगुवा सम्मेलनमा एक हजार पास्टर तथा अगुवाहरुकाे उपस्थिति रहेकाे आयाेजक संस्थाका संरक्षक पास्टर हरि कुमार खातिले जानकारी दिएका छन्।

पास्टर तेज बहादुर गैरेकाे अध्यक्षतामा सम्पन्न साे पास्टर तथा अगुवा सम्मेलनकाे संयाेजन भने चितवन ख्रीष्टियन संघका संरक्षक पास्टर हरि कुमार खातिले गरेका थिए।
यस चितवन ख्रीष्टियन संघले बिगद देखि विभिन्न समयहरुमा विभिन्न देसका नागरिकहरुकाे उपस्थितिमा जिल्लामा भसा सम्मेलन, तालि गाेस्टि तथा चङ्गाई प्रार्थाहरु गर्दै आएकाे र गत मंसिर ५/६ गत्ते प्रि ख्रीष्टमस तथा जागृति सभाकाे आयाेजना गरि सम्पन्न गरेकाे थियाे जसमा भारतिय प्रचारक प्राेफेट बजेन्द्रसिंहले विभिन्न राेगबाट ग्रसित राेगि बिरामिहरुलाई प्रार्थनाद्वार चङ्गाई गरेकाे थियाे।

