Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३१ औं प्रहरी महानिरीक्षक बन्ने होडको तामाङ पहिलो नम्बरमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2025
3 shares

काठमाडौं । नेपाल प्रहरीले केही समयभित्र ३१ औं प्रहरी महानिरीक्षक आईजिपी पाउने भएको छ। हाल महानिरीक्षक बन्ने होडमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरू टेकबहादुर तामाङ, सुदीप गिरी र दीपक थापा रहेका छन् । तीन जनामा तामाङ पहिलो नम्बर‚ गिरी दोस्रो र थापा तेस्रो नम्बरमा रहेका छन् ।

तीनै जना एकैदिन २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक सेवाबाट प्रवेश भएका हुन्। यस्तै २०६३ भदौ १५ मा उनीहरुसहित ५१ जना प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा भएका थिए । २०७१ फागुन ६ गते ३५ जना प्रहरी उपरीक्षक एसपीमा बढुवा भएका थिए । जसमा तामाङ र गिरी पनि बढुवामा परेको थियो । तर थापा भने संस्थागत अनुशासन भन्दा बाहिर रहेर अधिक चलखेल गरेकै कारण २०७२ साउन ७ गते मात्रै बढुवा भएको हो।

नियमावलीमा ४ वर्षे अवधिको प्रावधान हुँदाहुँदै पनि ३ वर्षे कार्यावधि बनाई थापालाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गरेको थियो । त्यतिबेला ३५ जनाले ४ वर्ष कार्यकाल पूरा गरिसकेका थिए । तीमध्ये थापाभन्दा बरिष्ठ २२ जनालाई भने पदोन्नतिमा वञ्चित गरिएको थियो।

प्रचण्ड परिवारसँग निकटतम रहेकै कारण २०७९ चैतमा तामाङ र गिरीभन्दा १५ दिन अगाडि प्रहरी अतिरिक्त महानिरिक्षक एआईजीपी बनेका थिए । थापालाई लामो समयसम्म खरिद विभागमा रही अनाधिकृत आर्थिक उपार्जन गर्ने अधिकृतमा चिनिन्छ। स्रोतका अनुसार अनाधिकृत अर्थ शक्ति देखाएर सबै शक्तिलाई मिलाउँछु भन्दै डिङ दिँदै हिडेका छन् । यस्तै उनले बालमन्दिरकाे जग्गा अनुसन्धान राेकेकाे कुरा पनि बाहिर आएका थिए । उनले भुटानी शरणार्थीमा बेचेन झा पक्राउ गरेर अरुलाई उन्मुक्ति दिएका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका एआईजी तामाङ भने संगठनको नेतृत्व सम्हाल्न अब्बल रहेको मानिन्छ ।

विवादरहित र इमान्दार छवि बनाएका तामाङले अपराध अनुसन्धान विभाग प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल प्रमुख, एसएसपी हुँदा विराटनगर तालिम केन्द्र प्रमुख, एसपी हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालिसकेका छन्। उनी प्रहरी नियमावली २०७१ को नियम ४१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व क्षमता र उत्तरदायित्व वहन गर्ने योग्यताका आधारमा आइजिपीका लागि योग्य मानिन्छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved