Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारमा रहेका दलकाे आडमा व्यापारी ढकालले हडप्दै बन र धार्मिक स्थल, ढकालकै कारण धार्मिक युद्धको खतरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 4, 2025
15 shares

काठमाडौं । विभिन्न ठाउँको मन्दिर क्षेत्रमा मात्र केबलकार बनाएर व्यापारीक दाउ मार्दै आएका र हाल विवादित व्यापारी चन्द्र ढकालका कारण देशमा जातीय एवं धार्मिक द्वन्द निम्तिने खतरा बढेको छ । ढकालले ताप्लेजुङको प्रसिद्द धार्मिक तीर्थस्थल पाथिभरा ( मुक्कुमलुङ ) मा जबर्जस्ती केबलकार परियोजना अघि बढाएपछि विरोधमा उत्रिएका स्थानीयहरुले केबलकार अनुमति तथा सम्झौता खारेजीको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन्। भने भाेलि उपत्यकामा साे सम्वद्द पहिचानवादी शक्तिहरुकाे राज्यलाई दबाब दिने कार्यक्रम समेत आयाेजना गरेका छन्।

देशभरीका सार्वजनिक जग्गा कौडीको मूल्यमा हडप्दै आफ्नो व्यापार विस्तार गर्दै आएका ढकालले राज्य सत्तालाई समेत प्रभावमा पारी पाथिभरामा जबर्जस्ती केबलकार परियोजना अघि बढाएर देशमा धार्मिक युद्ध मच्चाउन खोजिरहेका छन्।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका विवादित व्यापारी चन्द्र ढकालको ललितानिवास जग्गा प्रकरणमा भएको भ्रष्टाचार काण्ड बिर्साउने अर्को चन्द्रागिरी जग्गा प्रकरण भ्रष्टाचार प्रकरणको तथ्य सार्वजनिक भएको छ ।

छोटो समयमै नेपालमा रहेका केहि अरबपति व्यापारीहरुको सूचीमा परेका ढकालले अबैधानिक मानिएको हुण्डी कारोबारबाट आफ्नो व्यापार सुरु गरेका। पछि विस्तारै राज्यका केहि अमुक व्यक्तिलाई हातमा लिएर देशभरीका सार्वजनिक जग्गा कौडीको भाउमा लिएर अन्तत उक्त क्षेत्रमा करोडौंको व्यापार चलाइरहेका छन्।

आर्थिक अनियमितता: महालेखाको प्रतिवेदनमै: चन्द्रागिरीमा भएको भाडा सम्झौतामा व्यापक आर्थिक अपचलन भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५४ औँ वार्षिक प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ। महालेखा परीक्षकको प्रतिवेदअनुसा ढकालको चन्द्रागिरी हिल्स लिमिटेडलाई सरकारद्वारा ३६ हेक्टर (७०९ रोपनी २ आना) जग्गा वार्षिक मात्र १ लाख ८० हजार रुपैयाँ भाडामा ४८ वर्षका लागि सुम्पिएको छ। यसको अर्थ प्रति रोपनी मासिक मात्र २१ रुपैयाँ १५ पैसामा राज्यको अमूल्य सम्पत्ति निजी स्वार्थका लागि हस्तान्तरण गरिएको देखिन्छ।

वन ऐन विपरित जग्गा लिज सम्झौता: वन नियमावली अनुसार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत मात्र वन क्षेत्र लिजमा दिनुपर्ने प्रावधान रहेको भए पनि चन्द्रागिरी डाँडा कुनै प्रतिस्पर्धा नगरिकन सम्झौता गरिएको पाइएको छ। २०६७ साल माघ १८ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वनमन्त्री दीपक बोहोराले चन्द्र ढकाललाई कौडिको भाउमा चन्द्रागिरी डाँडाको स्वामित्व सुम्पेका थिए। सरकार र ढकालबीच भएको भाडा सम्झौताअनुसार ३६ हेक्टरमध्ये ५ हेक्टर क्षेत्रभित्र मात्रै भौतिक संरचना निर्माण गर्न अनुमति थियो। तर ढकालको कम्पनीले ५.८६ हेक्टर वन क्षेत्र मासेर केबलकार, फन पार्क, पौडी पोखरी, रिसोर्ट लगायतका संरचना बनाएको छ। यस्ता संरचनाका लागि पुरातत्व विभागबाट अनुमति लिनुपर्ने भए पनि सो प्रक्रिया पनि पूरा नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

सरकारी सम्पत्तिको दुरुपयोग: राजश्व छलि : आर्थिक ऎनको दफा १४ को (३) ट र १४ (३)ग अनुसार केवलकार निर्माण गर्ने उद्योगले निर्माण कार्यको निमित्त आवश्यक पर्ने शिर्षक ७३ अन्तर्गतको तयारी क्याव वा क्याव निर्माण गर्ने स्टिलपाता पैठारी गर्दा भन्सार महसुलमा ५०% सम्म छुट दिने व्यवस्था छ। तर तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले उक्त नियमको उल्लङ्घन गर्दै भन्सार महसुल र मूल्य अभिवृद्धि कर समेत असुल नगरी ६ करोड २६ लाख रुपैयाँ छुट दिएको पाइएको छ। महालेखा परीक्षकले उक्त रकम असुल गर्न सरकारलाई पटकपटक निर्देश समेत दिएको थियो । तर राज्य संयन्त्रनै ढकालको निर्देशनमा चल्न थालेपछि उक्त विषय हाल सामसुम पारिएको छ।यसबाट पनि चन्द्रागिरी जग्गा प्रकरणमा ठूलो आर्थिक अनियमिता भएको प्रष्ट हुन्छ।

विवादित व्यापारी चन्द्र ढकाललाई कौडीको मूल्यमा जग्गा भाडामा दिनुका साथै यसमा राजश्व छली भएकोले यस सम्बन्धमा आवश्यक छानबिन गरिनुपर्दछ भन्ने निष्कर्ष महालेखा परिक्षकको ५४ औं वार्षिक प्रतिवेदनमै उल्लेख छ। तर यस बिषयलाई समेत सत्ता शक्ति पावर र पैसामा आडमा महालेखामा समेतसेटिङ मिलाएर ५४ औं वार्षिक प्रतिवेदनमा भएको बिषय ५५ औं प्रतिवेदनमा उल्लेख नै गरिएको छैन।

रिसोर्ट चलाउन बनाईयो भालेश्वर महादेव नै नक्कली: राज्य सत्तालाई हातमा लिएर देशभरीका डाँडाकाँडा सार्वजनिक सम्पति हडपेका ढकालल भोलेश्वर बाबाको नाममा बिकाएर २०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याए । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हत्याए । ढकालले तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए । त्यसपछि ढकालले चन्द्रागिरीमा भालेश्वर महादेवको नक्कली मन्दिर खडा गरेर धार्मिक पर्यटनको नाममा लुट धन्दा मच्चाइरहेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा प्राचिनकाल देखि नै रहेको भालेश्वर महादेव ज्योतिर्लिङ्गको इतिहासलाई समेत चुनौती ढकालले चन्द्रागिरीमा रहेको भालेश्वर नै ज्योतिर्लिङ्ग हो भन्ने गलत प्रचार गरिरहेका छन् तर ढकालका अघि पुरातत्व विभाग निरिह बनेको छ। ढकालले सुरक्षा चुनौती भन्दै केवलकारबाट खानेकुरा माथि लैजान नमिल्ने नियम बनाएर ग्राहक ठगिरहेका छन् । पछि खडा गरिएको नक्कली भालेश्वर मन्दिर पारिसरमा आँफुले मात्र व्यापार गर्न अनेक हतकण्डा बनाएका ढकालले बजार उक्त क्षेत्रमा सर्वसाधारणसँग बजार मूल्यभन्दा अत्यधिक मूल्य अशुलेर लुट मचाइरहेका छन्। यसमा सरकार समेत मतियार बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved