काठमाडौं । सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित करोडौँ मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ।
बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले जनाएको छ। साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ।
उक्त घर र बरामद सामानको मालिक को हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
