Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘ हामी र हाम्रो समाज ‘ को संयुक्त मुक्तक कृति लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 1, 2025
63 shares

काठमाण्डौ। हामी र हाम्रो कृति समाजले अग्रज मुक्तकारहरूको मुक्तकवाचन कार्यक्रम तथा संयुक्त मुक्तक कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा राष्ट्रको सम्मानमा राष्ट्रिय गान बजाएर हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २०औँ कृति, १११ जना स्रष्टाका १३३२ मुक्तक संग्रहित मुक्तक संग्रहको लोकार्पण भएको हो।

दुई खण्डमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा पहिलो खण्डमा पुस्तकको लोकार्पण भएको थियो भने दोस्रो खण्डमा नौ जना अग्रज मुक्तकार ज्यूहरूले मुक्तक वाचन गर्नुभएको थियो।
हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालज्यूको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई रहनुभएको थियो।

कार्यक्रमको दोस्रो खण्डमा अग्रजमुक्तकारहरूको मुक्तकवाचनको कार्यक्रम राखिएको थियो। उक्त दोस्रो खण्डको कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार उषा शेरचनले गर्नुभएको थियो।
अग्रजलाई सम्मान हाम्रो अभियान शृङ्खला अन्तर्गत हामी र हाम्रो कृति समाजले एउटै मञ्चमा नौ जना वरिष्ठ अग्रज साहित्यकारहरूलाई प्रस्तुत गरेको थियो।

अग्रज साहित्यकारहरु उषा शेरचन, ज्ञानुवाकर पौडेल, रामकाजी काेने, राधेश्याम लेकाली, यादव भट्टराई,रमेश पाैडेल, प्रकाश बस्नेत गफाडी, सुवासचन्द्र ढुँगेल, डा. गाेपाल पाैड्याल मण्डने लगायत हुनुहुन्थ्यो। मञ्चमा रहनुभएका सम्पूर्ण अतिथि हरूलाई फूल माला पहिराएर उपाध्यक्ष नम्रता उप्रेती, सुधा बाँस्कोटा र मन्दा पाैडेलले स्वागत गर्नु भएकाे थियाे।

कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको बाहुली बाट पानसमा बत्ति बालेर गरिएको थियो भने पुस्तकको लोकार्पण पश्चात प्रमुख अतिथि भुपाल राईले हामी र हाम्रो कृति समाजले विगत देखि वर्तमान सम्म गरेका महत्त्वपूर्ण कार्यहरूको बारेमा खुलेर प्रशंसा गर्दै सिङ्गो संस्थालाई आगामी दिनहरुमा थप क्रियाशिल रहन उत्साह दिदै धन्यवाद प्रकट गर्नुभएको थियो।

हामी र हाम्रो कृति समाजले आफ्नो स्थापनाको छोटो अवधिमा नै नेपाली साहित्यको जगेर्ना गर्दै प्रतिभाहरूलाई उजागर गर्ने सराहनीय कार्य गरेको प्रती सन्तोष ब्याक्त गर्नुभयो।
सुभद्रा अधिकारीले स्वागत मन्तव्य र समाजका सचिव बद्री उप्रेतीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भयो।हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी ले शुभकामना मन्तव्य राख्दै हामी र हाम्रो कृति समाजले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनु भयो।

लगातार ३ घण्टा सम्म चलेको कार्यक्रममा अग्रज श्रष्टाहरूले दुई चरण गरेर आफ्ना १२ थान,१२ थान, मुक्तक वाचन गर्नु भयो। कार्यक्रममा विभिन्न साहित्यीक संघ संस्थाका स्रष्टा,सर्जक र १५० जना साहित्यकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रम समाजका सदस्य नवराज नवशिलाले सञ्चालन गर्नुभएको थियो।
सम्पूर्ण उपस्थित स्रष्टा,सर्जक तथा साहित्यकार हरुलाई कार्यक्रममा उपस्थितिक‍ लागि धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष मदन नेपाल ले कार्यक्रमलाई समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved