सिराहा। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिंकुकुमारी सदाको शंकास्पद मृत्युको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन् ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए ।
उनी त्यसपछि घरमै मृत फेला परेकी थिइन् । मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको छ । न्यायका लागि भन्दै २९ माघमा गाउँ-समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।
