काठमाडौँ । खोटाङ घर भएका गायक तथा सङ्गीतकार बिक्रम राईकाे निधन भएकाे छ। हृदयाघातका कारण बिक्रमकाे शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ।
राईकाे निधनमा बरिस्ठ गायक/गायीका राजेश पायल राई, मेलिना राई, विभिन्न गीतकार,सङ्गीतकार तथा उनकाे सङ्गीतमा आवाज भरेका गायक गायिकाहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
यस्तै, उनका सुभचिन्तक तथा खाेटाङका राजनितिज्ञ, व्यवसायी ,विद्यार्थी लगाएतले पनि मृतक राईकाे मृत्युलाई अपत्यारिलाे भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। बिक्रम राई एक प्रतिभाशाली नेपाली गायक तथा संगीतकार थिए, जसले नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनले ‘गोक्यो रि’ बोलको गीतमा संगीत भरेका थिए, जसले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएको थियो। यस गीतको अडियो रेकर्डिङ र म्युजिक भिडियो सगरमाथा क्षेत्रको गोक्योको ४,८१३ मिटर उचाइमा गरिएको थियो।
बिक्रम राईले ‘कहिले काहीं मनका कुरा’ जस्ता गीतहरूमा आफ्नो स्वर दिएका छन्। त्यसैगरी, उनले गायिका सम्झना राईसँग मिलेर ‘माया यस्तो’ गीत पनि प्रस्तुत गरेका छन्। बिक्रम राईकाे आधिकारिक युट्युब च्यानल ‘बिक्रम राई “राई माईला”‘ मा उनका अन्य गीतहरू सुन्न सकिन्छ।
बिक्रम राईको संगीत यात्रा निरन्तर प्रगति गर्दै आएको थियाे, र उनले नेपाली संगीत क्षेत्रमा आफ्नो विशेष स्थान बनाउन सफल भएका थिए तर, दैबकाे लिला हृदयघातका कारण उनकाे मृत्यु हुन पुगेकाे छ। देसकाे गहनाकाे परिचय बनाउन उदयमान गायक तथा सङ्गीतकार खाेटाङकाे माटाेले जन्माएका मृतक बिक्रम राई प्रति सूचना चाैतारी डट कम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाैँ।
