Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजपुर नगरपालिकामा पहिलो पटक पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 27, 2025
24 shares

मेवालाल यादब,रौतहट ।  इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा ग्रामिण विकास केन्द्र नेपाल (RDC) र राजपुर नगरपालिकाको समन्वयमा पहिलो पटक पालिका स्तरीय किशोरी क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता राजपुर नगरपालिकाको हाइ स्कुल खेल मैदानमा आयोजना गरिएको थियो।

प्रतियोगितामा राजपुर नगरपालिका-१ देखि ९ सम्मका वडाहरू सहभागी भएका थिए। नगरपालिकाका किशोरीहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीहरूमा ठूलो उत्साह देखिएको थियो।

प्रतियोगिताको फाइनल खेलमा राजपुर नगरपालिका-५ को टिमले शानदार प्रदर्शन गर्दै ९८ रन बनाउँदै २ विकेटको क्षतिमा ९९ रनको लक्ष्य दिएको थियो। राजपुर नगरपालिका-२ को टिम यो लक्ष्य पछ्याउने क्रममा ३२ रन मात्र बनाउन सफल भयो, जसका कारण राजपुर नगरपालिका-५ ले ६६ रनको फराकिलो जित हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाम गर्न सफल भयो।

खेलको दौरान राजपुर नगरपालिका-५ का रोशनी राज र अस्मिता कुमारी उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई उच्च स्कोर बनाउन महत्वपूर्ण योगदान दिए। यस्तै, बलिङतर्फ राजपुर नगरपालिका-२ की नेहा यादव ले किफायती बलिङ गर्दै विपक्षी टोलीलाई दबाबमा राख्ने प्रयास गरिन्, तर अन्ततः उनीहरूको टिम लक्ष्य भेट्टाउन असफल रह्यो।

प्रतियोगिताको समापन समारोह वडा नं. ५ का वडा अध्यक्ष कृष्णन्दन रामको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि राजपुर नगरपालिकाका नगर प्रमुख डा. राजिक आलम रहेका थिए।

समारोहमा सम्बोधन गर्दै नगर प्रमुख आलमले खेलकुदको महत्वबारे प्रकाश पार्दै भने, “राजपुर नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनेछ। खेलाडीहरूलाई अझ राम्रो अवसर प्रदान गर्न हामी प्रतिबद्ध छौं।”

उनले किशोरीहरूलाई खेलमा सहभागी गराउनु उनीहरूको आत्मनिर्भरता, आत्मबल र नेतृत्व क्षमताको विकासका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नगरपालिकाले आगामी दिनमा थप खेल प्रतियोगिताहरूको आयोजना गर्ने आश्वासन दिए।

यस प्रतियोगितामा स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिको रूपमा ग्रामिण विकास केन्द्र नेपाल (RDC) का अध्यक्ष पारस राही, सामाजिक अभियन्ता ममता झा, इस्लामिक रिलिफ क्यानाडाका प्रतिनिधिहरू, स्थानीय शिक्षक, कर्मचारी, पत्रकार, खेलाडी, अभिभावक तथा खेलप्रेमी दर्शकहरू उपस्थित थिए।

ग्रामिण विकास केन्द्र नेपाल (RDC) अध्यक्ष पारस राहिका अनुसार यो प्रतियोगिता खेलकुद प्रवर्द्धनका साथै किशोरीहरूलाई आत्मनिर्भर, अनुशासित र खेलप्रति रुचि बढाउन आयोजित गरिएको थियो। प्रतियोगिताले किशोरीहरूलाई खेलकुदको माध्यमबाट आत्मविश्वास बढाउन प्रेरित गरेको वहाले बताए ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै स्थानीय खेलाडीहरूमा नयाँ जोश र उमंग देखिएको छ। खेलाडी तथा अभिभावकहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन अनुरोध गरेका छन्। आयोजक टोलीले आगामी वर्ष अझ भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी गराएको छ।

राजपुर नगरपालिकामा पहिलो पटक आयोजित किशोरी क्रिकेट प्रतियोगिता स्थानीय खेलकुद इतिहासमा एक महत्वपूर्ण कदम सावित भएको छ। यस प्रतियोगिताले किशोरीहरूलाई खेलकुदमा सहभागी गराउने मात्र नभई उनीहरूको नेतृत्व, आत्मनिर्भरता, अनुशासन र टीमवर्कको भावना बढाउने अवसर प्रदान गरेको छ।

प्रतियोगिताको सफल समापनसँगै नगरपालिकाले आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै किशोरीहरूलाई अझ बढी अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved