काठमाडौं । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले पत्रकार धनन्जय बुढासहित ३ जना पत्रकारलाई सम्मान गरेकाे छ ।
सेन्टरको उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनको अवसरमा ३ जना पत्रकारलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमाणपत्र तथा खादा सहित सम्मान गरेका हुन् ।
संवाद डबलीका सचिव एवम अनलाईन डबली डटकमका सम्पादकसमेत रहेका बुढा ‘गोविन्द शर्मा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् भने वरिष्ठ पत्रकार कुमार राउत शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट तथा पुष्पा महरा क्रियाशील महिला पुरस्कारबाट सम्मानित भएका छन् ।
वरिष्ठ पत्रकार इश्वरी वाग्ले, नेपाल पत्रकार महासंघ एवम प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सूर्य सुवेदी, पत्रकार बासुदेव श्रेष्ठ, गिता चिमोरिया, प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष सागर पन्त सहितको ५ सदस्यीय छनौट समितिले उनीहरुलाई पुरस्कृत तथा सम्मान गर्नका लागि उपत्यका प्रदेश समितिलाइ सिफारिस गरेकाे थियाे ।
उनका अनुसार प्रेस सेन्टर नेपालको विरासत एवं गरिमालाई उच्च राख्दै जनपक्षीय पत्रकारितामा मार्फत समाज रपान्तरणको अभियानमा महत्वपुर्ण भूमिकाको उच्च मल्याङकन गर्दै उपत्यका प्रदेशको दोस्रो अधिवेशनको अवसरमा पुरस्कृत गरिएको हो ।
निवर्तमान अध्यक्ष दाहालले आगामी दिनमा संगठनलाई थप व्यवस्थित, सवल र आत्मनिर्भर बनाउन महत्वपूर्ण मूमिका निर्वाह गर्ने अपेक्षा र विश्वास सहित तीनै जनाको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।
