काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार साँझ बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चासो छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।
उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए ।
