Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुक्कुम्लुङ केबलकार निर्माणले रक्तपात हुने सेनाकाे आशंका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 22, 2025
93 shares

काठमाडौं । नेपाली सेनाले पाथिभरामा बनाउन लागिएको केवलकारको कारण ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको छ । सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै हजारौं सुरक्षाकर्मी परिचालन गरेर पहिचानवादी आन्दोलन दमन गर्न खोजिरहेको बेला नेपाली सेनाको आज सम्पन्न पृतनापतिहरुको भेलाले पाथिभरा केवलकारको नाममा ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको हो ।

राजधानी काठमाडौंको भद्रकालीस्थित सैनिक मुख्यालयमा हिजोदेखि चलेको दुई दिने समीक्षा बैठकमा देशको समग्र अवस्था, बाह्य अवस्था र आन्तरिक सुरक्षा चुनौतिका बिषयमाथि गम्भिर बहस भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको अध्यक्षतामा नेपाली सेनाको सातै बिग्रेड तथा सबै पृतनापतिहरुको संयुक्त सम्मेलनमा हालै पाथिभरामा सरकारले सभ्यताका लागि भइरहेको आन्दोलन र सो आन्दोलनमा गरिएको दमन तथा एउटा व्यापारीको लागि राज्यले गरेको दमनले निम्त्याउन सक्ने जोखिमका सम्बन्धमा पनि छलफल गरेको हो ।

नेपाली सैनिक मुख्यालय स्रोतका अनुसार प्रधानसेनापति सिग्देलले राष्ट्रिय अन्तर्राष्ट्रिय सुरक्षा चुनौतिबारे लामो व्याख्या गरेका थिए । प्रधानसेनापति सिग्देलले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछिको अवस्था, युक्रेन युद्ध, मध्यपूर्वको युद्धदेखि नेपालसम्म आईपुग्न सक्ने बाछिटाको सम्बन्धमा विस्तृतमा छलफल गरेका थिए । विश्लेषणको क्रममा प्रधानसेनापति सिग्देलले आन्तरिक सुरक्षा चुनौतिको रुपमा पाथिभरामा केवलकारको नाममा विकसित भइरहेको घटनाक्रम, नेपालमा पहिचानको आन्दोलन, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र सूचना प्रबिधिमा सुरक्षा जोखिम रहेको विश्लेषण गरेका थिए ।

सो क्रममा पाथिभरामा केवलकारको नाममा भइरहेको घटनाले रक्तपात निम्त्याउन सक्ने र सो बिषय देशकै सुरक्षा चुनौतिको रुपमा सामना गर्नुपर्ने अवस्था आउनेतर्फ सरकारलाई सचेत गराउने समेत निर्णय गरिएको बुझिएको छ । नेपाली सेनाको छलफलले पाथिभरामा चर्किरहेको आन्दोलनमा बल प्रयोग भन्दा पनि वार्ता र सहकार्यमा अन्त्य गर्नुपर्ने सुझाव अघि सारेको छ । यद्यपि यसको सबै तथ्यहरु बाहिर आइसकेको छैन ।

नेपाली सेनाको दुई दिने सुरक्षा विश्लेषण कार्यक्रम आज सम्पन्न भएको छ । आजको कार्यक्रममा रषामन्त्री मानवीर राई स्वयम् उपस्थित भएर नेपाली सेनाले विश्लेषण गरेका सुरक्षा चुनौतिहरुबारे सुनेका छन् ।

पाथिभरामा सरकारीले सयौं सशस्त्र प्रहरी परिचालन गरेर आईएमई ग्रुप र चन्द्र ढकालको लागि जुनसुकै हालतमा केवलकार बनाउने भन्दै लागिरहेको छ । स्थानीयबासी तथा पहिचानवादीहरुले मुक्कुम्लुङ सभ्यता र पाथिभराको पहाडलाई बिनाश हुन नदिने, जंगल सखाप पार्न नदिने र केवलकार बनाउन नदिने भन्दै आन्दोलन गर्दै आएका छन् । सो क्रममा सरकारले परिचालन गरेको शसस्त्र प्रहरी आन्दोलनकारीमाथि गोली चलाउँदा तीन जनालाई गोली लागेर उपचार गराइरहेको अवस्था छ ।

स्थानीयबासी मूलबासीहरुले पाथिभरामा कुनै पनि हालतमा केवलकार बनाउन नदिने भन्दै सम्झौताहिन आन्दोलन गर्दै जंगल र हिउँका बीचमा पनि रातभर जंगलमा बसेर विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved