Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रमजीवी–पत्रकार संघद्धारा सञ्चारग्राम घेराउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2025
[webverse_shares]

काठमाडौं । श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक बृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिष्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले आज सञ्चारग्राम घेराउ गरेको छ । त्यहाँस्थित प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग, न्युनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघको कार्यालय छन् ।

संघको नेतृत्वमा उपत्यकामा कार्यरत व्यवसायिक पत्रकारहरुले सञ्चारग्राम वरिपरि घेराउ गर्दै नाराबाजी गरेका थिए । “सामाजिक सञ्जाल र मिडिया काउन्सिल विद्येयक पुनर्लेखन गर, पत्रकारको पारिश्रमिक बृद्धि किन भएन ?, श्रमजीवी–पत्रकार कर्मचारीप्रति दवाफदेयिता खै ?, ऐन कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारवाही गर, अन्यायमा परेका पत्रकारलाई न्याय दिन किन नसकेको ?, अधिकार सम्पन्न प्रेस रजिष्टारको नियुक्ति गर, पत्रकार महासंघलाई नागरिक संस्था बनाऊ, पत्रकार महासंघ ∕ पत्रकारको पेशागत सुरक्षा गर, पत्रकार महासंघ ∕ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर, पत्रपत्रिका वर्गीकरण पारदर्शी गर, स्पष्टिकरणका नाममा आतंक बन्द गर, प्रेस काउन्सिल ∕ निष्पक्ष अनुगमन गर नारा लगाउँदै सञ्चारग्रामस्थित सबै कार्यालय घेराउ गरिएको थियो ।

काउन्सिललाई आफ्नो क्षेत्राधिकारभित्र बसेर काम गर्न, श्रमजीवी–पत्रकारको पारिश्रमिक बृद्धि गर्न, सूचना विभागले पत्रकारको समग्र सुरक्षाका लागि काम गर्न र पत्रकार महासंघलाई नागरिक संस्था र पत्रकारको पेशागत श्रम सुरक्षाका रुपमा काम गर्न माग राखेर श्रमजीवी पत्रकार संघ महिनादिन अघिदेखि आन्दोलित छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, लोकतन्त्र विरोधी, नागरिकको विचार अभिव्यक्ति स्वतन्त्रता विरोधी सामाजिक सञ्जाल र राजनीतिक भर्तिकेन्द्र बनाउने, सीमित संरचना र जनशक्तिमै काउन्सिललाई ईकाईमै सीमित गर्ने मिडिया काउन्सिल विधेयक फिर्ता गरि पुनर्लेखनको माग राखेर आन्दोलन थालिएको संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।

संघ नेपालले २ सय ७५ सांसदलाई सदनमा आवाज उठाउन मोवाइलमा सन्देश पठाएको थियो । सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी बुँदा हटाउन, सरकारी सञ्चार निकायहरु प्रभावकारी बनाउन र श्रमजीवी(पत्रकारको पारिश्रमिक बृद्धिका लागि पहल गर्न आग्रहसहितको उक्त सन्देश जिल्लाबाट प्रदेश सांसदहरुलाई पनि मोवाइलबाट पठाइएको जैसीले बताए ।

पछिल्लो समय सरकार मिडिया प्रति झन् झन अनुदार बन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको संघले गत शुक्रवार जिल्लाका सिडियोहरुमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि सभामुख र विषयगत समितिलाई ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।

मिडियालाई पारदर्शी, मर्यादित, विश्वसनीय, आत्मनिर्भर अनि श्रमको मूल्यका लागि सरकारले उल्टो भूमिका खेलिरहेकोमा आपत्ति जनाउँदै संघले ०७४ सालदेखि पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरुको पारिश्रमिक नबढेकोमा असन्तुष्टि जनाएको छ । साना तथा स्थानीय स्वरोजगार मिडियाको संरक्षणका लागि सरकारले नीति बनाउनुपर्ने, मिडियालाई नियन्त्रण गर्न र प्रेस काउन्सिललाई इकाइको रुपमा सीमित राख्ने कार्यका विरुद्ध आन्दोलित श्रमजीवी पत्रकार संघले विरोध र आलोचना गरेबापत सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने सरकारको रवैया विरुद्ध आन्दोलन अझ सशक्त बनाउने बताएको छ । ‘अहिले काउन्सिलको गतिविधि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी छ,’ संघले भनेको छ, ,‘सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयकमा केही आपत्तिजनक प्रावधान छन् ।

नागरिकलाई भय र प्रेसलाई कमजोर बनाउने उक्त विधेयक सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले मात्र आएको छैन । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकलाई बन्देज गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकले ऐनको रूप ग्रहण गरेमा नागरिकको संवैधानिक हक कुण्ठित हुने निश्चित छ ।’

नागरिकका आवाजलाई कानुनका माध्यमबाट फौजदारीकरण गर्ने र चर्को आर्थिक दण्डसहित जेल हाल्ने बुँदाहरू विधेयकमा राखेर शासकको तजबिजमा नागरिकको अभिव्यक्तिलाई ठिक वा बेठिक भनी निक्र्योल गरेर अभियोजन अगाडि बढाउने खोजेको आरोप लगाएको छ । संघले ‘नागरिकको आवाज दबाउने र सञ्चार माध्यमलाई नियन्त्रण गर्ने र नियतका साथ आएको विधेयक विरुद्ध हाम्रो संगठनले चरणबद्ध दबाबमुलक अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved