Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केशु विरहीको पछिल्लो खोज अनुशन्धानमुलक पुस्तक “उपद्रष्टा” लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2025
290

हिमांशु राय, मोरङ बेलबारी । बेलबारी साहित्य विकास समितिको आयोजना तथा बेलबारी बहुमुखी क्याम्पस र जुझारु मिडिया एन्ड रिसर्च सेन्टरको सह आयोजनामा आज बेलबारी क्याम्पस परिसरमा लेखक पत्रकार अनुसन्धाकर्ता केशु विरहीको पछिल्लो पुस्तक “उपद्रष्टा” सार्वजनिक भएको छ।
साहित्यकार,राजनैनिकर्मी तथा पुर्व सांसद समेत रहेका समाजसेवी हर्कमान तामाङ को जिवनीमा आधारित साहित्यकार केशु विरही द्वारा लिखित खोज अनुशन्धानमुलक पुस्तक हो “उपद्रष्टा”।

आयोजक संस्था बेलबारी साहित्य विकाश समिति का अध्यक्ष रमेश निरौला को अध्यक्षतामा सु सम्पन्न पुस्तक लोकार्पण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी,विशिष्ट अतिथि बेलबारी नगरपालिका का नगर प्रमुख दिल प्रसाद राई,नगर उप प्रमुख नितु थापा कोईराला,बरिस्ठ कवि,समालोचक मिश्र बैजयन्ती,बरिष्ठ साहित्यकार ईरान राई,
साहित्यकार छवि बैरागी घिमिरे, अन्वेषक कवि अनिल पौडेल,साहित्यकार राजनीतिकर्मी हर्कमान तामाङ,भाषाविद शिक्षाकर्मी आचार्य अमृत,भाषाविद मेदिनी प्रसाद बराल, कृति समीक्षक डा. दीपकप्रसाद न्यौपाने रहेका थिए।

शैक्षिक ,राजनैतिक तथा समाजिक ब्याक्तित्व हर्कमान तामाङले समाजमा पुर्याएको योगदानको बारेमा लेखिएको उक्त पुस्तक ” उपद्रष्टा ” का बारेमा उपस्थित अतिथिहरुले बोलेका थिए।
लगभग दर्जन हाराहारीमा साहित्यका विभिन्न विधाका साहित्यीक पुस्तकहरु बजारमा ल्याईसकेका साहित्यकार केशु विरही पछिल्लो समय खोज अनुशन्धान तर्फ ससक्त रुपमा जुटेको पाईएको छ।
यो भन्दा अघि खोज अनुशन्धानमुलक दुई पुस्तकहरु मोरङ बेलबारीका साहित्यीकार तथा संस्कृतिकर्मीहरुको बारेमा लेखिएको पुस्तक बेलबारीको साहित्यीक ईतिहास र अर्को पुस्तक तेह्रथुमको साहित्यीक ईतिहास पाठकको हात हात ल्याईसकेकाछन् विरहीले।यसरी हेर्दा ” उपद्रष्टा”पछिल्लो उनको खोज अनुशन्धानमुलक जिवनी पुस्तक हो।

” उपद्रष्टा” पुस्तक बिक्री बाट आएको कुल बजेटको ५० प्रतिसत बेलबारी बहुमुखी क्याम्पासमा अनुशन्धान अक्षयकोष निर्माणको लागि छुट्याउने योजना रहेको कार्यक्रम आयोजक बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौला ले जानकारी दिए।
कार्यक्रममा भाषाविद आचार्य अमृत लगायतले खोज अनुशन्धान तर्फ अग्रसर केशुविरहीको यस प्रकारको महत्त्वपूर्ण कार्यको खुलेर प्रशंसा गरे।

२०० भन्दा बढी स्रष्टा,सर्जक,संस्कृतिकर्मी एवम् विभिन्न संघसंस्थाका प्रतिनिधी तथा राजनीतिक र सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न भएको ” उपद्रष्टा”लोकार्पण कार्यक्रममा पुस्तक मागेर भन्दा पनि किनेर पढ्नु पर्छ भन्ने भनाईको चरितार्थ गर्दै सम्पुर्ण उपस्थित स्रष्टा सर्जकहरुले लेखकलाई प्रोत्साहन मिलोस भन्ने अभिप्राय अनुरुप कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित प्राय सबै अतिथिहरुले ओैपचारिक कार्यक्रम शुरु हुन भन्दा पहिले नै पुस्तक खरिद गर्ने कार्यले पनि लेखकमा थप उत्साह भरिएको साहित्यकार नवराज पोख्रेल नवशिलाले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved