By Dikendra
झापा । दमक जेसीजले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा सर्भिङ्ग ह्युमानिटि अभियान अन्तर्गत सुरुङ्गास्थित पुकार अपांग अशक्त समाज आश्रम मा खाना खुवाउनुको साथै खाद्यन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि दमक जेसीजका पूर्व अध्यक्ष तथा संस्थापक सदस्य जेसी पदम कोईराला रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता दमक जेसीजका अध्यक्ष जेसी सहदेब भट्टराईले गर्नुभएको थियो।
सो कार्यक्रममार्फत फलफूल, बिस्कुट, मिठाई, जुस, पानीलगायतका खाद्य सामग्रीसहित रु ५,१०० अक्षेरुपि पाँच हजार एक सय नगद आश्रमकी संचालिका निर्मला ओझालाई हस्तान्तरण गरिएको दमक जेसीजका जनसम्पर्क अधिकारी जेसी विशाल अधिकारीले बताए ।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष सल्लाहकार तथा पूर्व अध्यक्ष जेसी चन्द्र खत्री, निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का प्रतिनिधि जेसी विशाल अधिकारी, निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का प्रतिनिधि जेसी रामचन्द्र अधिकारी, डिभेट तथा सार्वजनिक वक्तृत्वकला प्रतिस्पर्धा समिति अध्यक्ष, दमक जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर घनश्याम कोईराला, सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार जेसी मेनुका उप्रेती, कार्यकारी उपाध्यक्ष जेसी विमान लामा, कोषाध्यक्ष जेसी रिसब सिंह चाहार कोषाध्य लगाएतको उपस्थिति रहेको थियो।
यस कार्यक्रममा दमक जेसीज वर्ष २०२५ का एसडिजि संयोजक जेसी राहुल शाहको विशेष सहयोग रहेको थियो।

