Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा बुझ्न पुगे पूर्व गृह राज्यमन्त्री अन्सारिकाे टाेलि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 19, 2025
[webverse_shares]

काठमाडौं ।  सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र रहस्यमय मृत्युका विषयमा जानकारी लिन पूर्व गृह राज्य मन्त्री तथा संविधान सभा सदस्य , अध्यक्ष नेपाल संघीय समाजवादी पार्टी रिजवान अन्सारीको नेतृत्वमा अन्य राजनीतिकर्मीहरू पीडितको परिवारसंग भेट्न मंगलबार घटनास्थलमा पुगेको छ ।

दलित समुदाय माथी दिनानुदिन हिंसा बढरहेको प्रति पूर्व गृह राज्य मन्त्री अन्सारीले यो जिल्लाको सिडिओ एसपी र कसैसंग दबाबमा नपरी प्रलोभनमा नपर्न स्थानीय पीडित परिवार र समुदायलाई आग्रह गरेका थिए ।

उनले भने, “हामी ४ दल र नागरिकसमाज आस्तलगत निरीक्षण गरी गाउँ का मान्छे र पीडित परिवारका सदस्यहरु सँग सत्य र तथ्य बुज्दा घटना का प्रविर्ती हेर्दा सामूहिक बलात्कार भएको देखिन्छ, घटनालाई लुकाउन र दोषी हरु ले सजाय बाट जोगिन का लागी हत्या गरेको जस्तो देखिन छ, रिंकुको साथमा जे अन्याय भएको छ, बलात्कार भएको छ त्यसको दोषीलाई कानूनको दायरामा ल्याउन र कडाभन्दा कडा सजाय दिलाउन सम्बन्धित निकाय प्रहरीले कुनै कसर बाँकी राखे हामी सडकमा आन्दोलन गर्न बाध्य हुन्छौं”, उनले गृह मन्त्रालयका निकायलाई नजिकबाट नै हेर्ने मौका पाएकाले प्रहरीले यथाशक्य ढिलोचाँडो पनि अभियुक्तहरूलाई प्रहरीले कानूनको दायरामा ल्याउन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल मानव अधिकार आयोगको २०८० को प्रतिवेदन अनुसार, दलित समुदाय विरुद्धको हिंसा पछिल्लो ३ वर्षमा ४०% ले बढेको देखिन्छ । यस्तो अवस्थामा, संविधानले गरिएको जातीय भेदभाव विरुद्धको कानूनको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको छ ।

पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारको पूर्व गृह संचार तथा कानून मन्त्री तथा मधेश प्रदेश सभा सदस्य विमला अन्सारीले जुन घटना रिंकुको साथमा भयो त्यो आफुले महसुस गरिरहेको जनाएकी छन् । ‘यी कुराहरूको पिडा आफुले महिला भएकोले बुझ्न मात्रै सक्दिनँ महसुस पनि गर्न सकिरहेको छु । किनकि मेरो पनि छोरी छन् ।’

दलित चाहे कुनैपनि जातिको भएपनि छोरी त छोरी हो नि ? यो कुरा आफुले प्रदेशको सदनमा राख्ने जिकिर गरिन । अब संघर्ष त्यहीँबाट गर्ने गर्ने पीडित परिवारलाई ढुक्क हुन आश्वासन समेत दिएकी थिइन् ।

केही दिन अगाडि सर्लाहीको सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहेभएपछी पदीय दुरुपयोग गरि बहालबाला गृह मन्त्रीको निर्देशनमा नै प्रहरी महनिरीक्षकले डिएसपी र प्रहरी हवल्दार नै खटाएर पक्राउ गर्ने सम्मको हैसियत राख्ने प्रहरीले अहिलेसम्म रिंकुको घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म सिरहा प्रहरीले पक्राउ गर्न नसक्नुलाई प्रहरीको जिम्मेवारी माथी प्रश्न चिन्ह खडा भएको वहुजन एकता पार्टी नेपालको वरिष्ठ नेता राजाराम पासवानले आक्रोश व्यक्त गरे ।

उनले मंगलबार पीडित परिवारलाई भेट्न गएको बेला राति परेपछि पनि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी विष्णु प्रसाद सोतीलाई प्रत्यक्ष भेटेर नै यो घटनालाई गम्भीर रूपमा हेर्न आग्रह गरेका थिए ।
साथै उनले यस्ता घटनाहरू हुनु भनेको सम्पूर्ण दलित समुदाय माथिको हिंसा रहेको बताएका थिए । समयमा नै पीडितले न्याय नपाए सडक देखि सदनसम्म अवरुद्ध हुने उल्लेख गरेका छन् ।

बहुजन एकता पार्टी नेपालको अध्यक्ष हरिनन्दन अम्बेडकर, प्रकाश मेहरा केन्द्रिय सह महासचिव, नेपाल जनजागृती पार्टीको अध्यक्ष धुर्वलाल प्रसाद सहनी निषाद र महासचिव भुजेन्द्र पसाद सहनी नेपाल सद्भावना पार्टी को अध्यक्ष राम कुमार मह्तोले सबैले एकमुष्ट पीडित परिवारको साथमा आफुहरू जति बेला पनि कुनै ठाउँमा उभिन तयार रहेको बताएका छन् ।

 

घटना घटिसकेपछी दलित अभियन्ता राम सुफल सदाले घटनाको कुनै संचार माध्यममा नआएपछि आफ्नो फेसबूकमा पत्रकारहरूलाई आग्रह गरेपछि मात्रै घटना स्थानीय देखि राष्ट्रिय स्तरको संचार माध्यममा आएपछि बाहिरिएको थियो । तर उनले अहिले प्रहरी र राजनीतिकर्मी माथी आक्रोश पोख्दै लेखेका छन् ।

“चुनावको बेला भोट माग्न भोटरको खेत खलियान , माइत र ससुराली सम्म पुग्ने नेताहरुको राजनीतिक पार्टीहरुले रिन्कु सदायको मृत्यु प्रकरणमा छानबिनको लागि माङ नगर्नुलाइ के भन्ने ? अहिलेसम्म रिन्कु सदाय मृत्यु प्रकरणमा एक जनालाइ पनि सोधपुछको लागि इलाका प्रहरी कार्यालय लहानले बोलाउन सकेको छैन ।”

उनले जिज्ञासा् गर्दै लेखेका छन् ‘घटनाका दोषीहरू फरार रहेका छन् भने यता उल्टै भगवतीपुर मुसहरी टोल पुरुष बिहिन बनेका छन् । गवाही दिने डरले पुरुषहरू आफैं भागेका रहेछन् । यो समुदायले न्याय कसरी पाउलान् ?’
घटना यसरी भएको थियो ।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७:२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान

घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरिरहेका छन् । उनले बलात्कारको घटना दबाउन भन्दै रकमको बार्गेनिङ भएको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved