Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केबलकार निर्माणमा समर्थन गर्ने चेन्जिलाई कुटपिट हैन,दलियाे कालाे माेसाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 16, 2025
36 shares

काठमाडौं । धरानमा नो केवलकार पक्षधरले केवलकारको निर्माणकाे समर्थन गर्दै सामाजिक सन्जालमा बोल्ने पदम चेन्जि माबोलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेका छन्।

ताप्लेजुङ घर भएका पदम चेन्जि माबोलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा कालोमोसो दलेका हुन्।

माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरले बताए ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता समेत रहेका एक नेताकाे अनुसार केबलकार निर्माणकार्यकाे बिराेधमा आन्दोलन निरन्तर गर्दै आएका बेला यसरी आन्दाेलनको विपक्षमा बोल्नेलाई चेतावानी दिएको र जो कोहीलाई नछाड्ने बताएका छन् ।

पदम चेन्जि मावो याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षको रुपमा पत्रकार सम्मेलनमा उपस्थित थिए । उनी मुक्कुमलुङमा केवलकार बन्नुपर्छ भन्ने पक्षको भएको र सामाजिक संजालमा नो केवलकार पक्षलाई आलोचना गर्ने गरेको आरोप आन्दोलनरत पक्षको छ ।

नो केवलकार समुहका युवा नेता शिवहाङ राईका अनुसार पत्रकार सम्मेलन गर्ने सस्थासङ्ग आफुहरुको सरोकार नभएको तर मावोको उपस्थिती भएकोले उनलाई खबरदारी गर्न पुगेको बताए ।

पत्रकार सम्मेलन सकेपछि उनलाई आक्रोशित भिडले कालोमोसो दलेको पनि राईले बताए । विगतको आफ्नो अभिव्यक्ति प्रति मावोले माफी मागेको उनले दावी पनि गरे ।

समान्य विवाद भएपछि पत्रकार सम्मेलन सकिए लगत्तै नो केवलकार पक्षले मोसो दलेको उक्त घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ तर, भिडियाे प्रमाण रहँदा समेत केही online हरुले कुटपिट समेत गरेकाे भनेर भ्रामित पारेकाे उनकाे गुनासाे राईले ब्यक्त गरे।

मावोलाई केही व्यक्तिहरुले मोसो दलेको र आक्रोश व्यक्त गर्दै हातपात गर्न खोजेको देखिन्छ भने आन्दोलनका अगुवा अमर इजमले हातपात हुनबाट राेकाे भिडियाेमा प्रस्टै देखिन्छ ।

पाथीभरा मन्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको छ।

कालोमोसो दलाईमा परेका माबोले आफूलाई दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् ।

साे बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार तिम्सिनाको अनुसार कालोमोसो दल्नेहरुलाई पक्राउ गर्ने तयारी रहेको बताए ।

भिडियो हेर्न याे link मा थिच्नुहाेस👇️👇️ https://www.facebook.com/share/v/19wdmiR6sq/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved