Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बार्ताबाट नभाग्न ‘ नाे केबलकार समूह’ लाई मेयर मादेनकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 10, 2025
132 shares

काठमाडौं । ताप्लेजुङमा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’ लाई वार्ताबाट नभाग्न आग्रह गरेका छन् । मयेर मादेनले सोमबार बिहान नगरपालिकाका सात वडाध्यक्षहरुलाई राखेर पत्रकार सम्मेलन गरेका हुन् ।

उनले वार्ता भाँडिएको भन्ने विषयले आफूलाई चिन्तित बनाएको भन्दै भने, ‘तपाईंहरू समाधान निकाल्ने ठाउँमा पुग्नु भएको छ, वार्ताबाट नभाग्नुहोस्, समाधान निकालेर फर्कनु होस् ।’
सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस पनि सहभागी भएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे । स्थानीय तहलाई केवलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको नगर प्रमुख छत्रपति प्याकुरेलले प्रयोग गरेको बताउँदै उनले आफूले भने त्यसको नवीकरण मात्र गरिदिएको बताए ।

मयेर मादेनले केबलकारको विषयमा राजनीति मिसिएको बताउँदै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने तर्क गरे ।कार्यक्रममा सबैजसो वडाध्यक्षहरुले समेत आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरे ।

ताप्लेजुङका जनता केबलकारको विपक्षमा छन् भनेर फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै उनिहरुले मिडियाकर्मीलाई वास्तविक जनताको आवाज बोल्न आग्रह गरे । केबलकार निर्माण हुने फुङलिङ नगरपालिका-११ फावाखोलाका वडाध्यक्ष योगेश भट्टराईले आफ्नो वडाका शतप्रतिशत जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर प्रतिक्षामा रहेको पनि बताए । ‘मेरो वडाका जनताले विरोध गरे त्यहाँ बन्नै सक्दैन,’ उनले भने, ‘तर विरोधमा जनता छैनन् ।’

फुङलिङ-९ का वडाध्यक्ष लक्षुमन गुरुङले पनि अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न लागेकोमा आक्रोश व्यक्त गरे । वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने र आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरे । वडा नम्बर ४ का दुर्गा पालुङवाले भने सहमति गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले केबलकार निर्माणमा अवरोध पुर्‍याउन नहुने तर्क राख्नै बन्द हड्ताल गरेर जनता, नागरिकलाई दु:ख दिने कार्यक्रम नल्याउन आन्दोलनरत समूहलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved