काठमाडौं । हमासले आज गाजाबाट थप तीन पुरुष बन्दीको रिहा गर्ने भएको छ । रिहाहुनेमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् ।
एलीलाई उनका भाइसँगै किबुत्जबाट लगिएको थियो । भाइको मृत्युको पुष्टि भइसकेको छ । युद्धका दौरान एलीकी पत्नी ब्रिटेन मूलकी लियान दुई छोरी नोइया र याहेल मारिएका छन् । १९ जनवरीबाट युद्धविराम लागू भएपश्चात १८ बन्धक मुक्त भएका बताइएको छ ।
यसको बदलामा इजरायलले १८३ प्यालेस्टाइनी कैदी रिहा गर्नेछ । तीन साताको समयमा युद्धविरामको पहिलो चरण अन्तर्गत लगभर ३३ बन्धक तथा १९ सय कैदीलाई मुक्त गरिसक्नु पर्ने छ । इजरायलले ३३ जनामा आठ पहिल्यै मरिसकेको जिकिर गरेको छ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५१ बन्धकलाई पक्डिएको थियो ।
उसले १२ सय जना मारेको थियो भने जुन विन्दुबाट युद्ध सुरु भएको थियो । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४७ हजार ५०० जना प्यालेस्टाइनी मारिएका छन् ।
भने, नेपाली बिपिन जाेशीकाे बारेमा भने हमासले कुनै प्रतिकृया जनाएकाे बुझिएकाे छैन। मन्त्री आरजु राणा सहितकाे परराष्ट्र टिमले भने विभिन्न देशका दुतावास र मन्त्रीहरु सँग बिपिन रिहाइको निम्ति पहल गरिरहेका छन्।
