Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापामा स्ट्यान्डर्ड इन्टरलक इट्टा उद्योग: प्रतीक र हेमलता राजवंशीको प्रेरणादायी यात्रा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 6, 2025
7.8K

डिकेन्द्र बस्नेत, झापा । पछिल्ला केही वर्षमा नेपालमा भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री निर्माण सामग्रीको माग बढ्दै गएको छ। यही आवश्यकता पूरा गर्न कन्काई नगरपालिका–३, तुलसीपुरका युवा व्यवसायी प्रतीक राजवंशी र उनकी श्रीमती हेमलता राजवंशी अढाई वर्षदेखि झापा स्ट्यान्डर्ड कङक्रिट उद्योग सञ्चालन गरिरहेका छन्। उनले नेपालमै गुणस्तरीय इन्टरलक इट्टा उत्पादन गरी स्थानीय स्रोत र श्रमलाई उपयोग गर्दै युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

२०७२ को भूकम्पपछि नेपालमा भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण गर्ने आवश्यकताले गति लियो। त्यहीबेला इन्टरलक इट्टाको लोकप्रियता बढ्न थाल्यो। परम्परागत इट्टाभन्दा बढी टिकाउ, कम लागत लाग्ने, र छिटो जडान गर्न सकिने भएकाले पहाडी जिल्लाहरूमा यसको प्रयोग विशेष रूपमा रुचाइन्छ।

नेपालको पश्चिम भेग तथा पहाडी जिल्लामा इन्टरलक इट्टाको प्रयोग अधिक छ। स्थानीय स्रोत, साधन, र कच्चा पदार्थको प्रयोगले इट्टाको उत्पादनलाई झन् किफायती बनाएको छ।

इन्टरलक इट्टा भूकम्प प्रतिरोधी, वातावरणमैत्री, छिटो जडान गर्न सकिने, र किफायती भएकाले परम्परागत इट्टाभन्दा प्रभावकारी विकल्प हो।

शुरुवातमा नयाँ प्रविधिका कारण ग्राहकहरूलाई बुझाउन कठिनाइ भए पनि अहिले इन्टरलक इट्टाको प्रयोग व्यापक हुँदै गएको राजवंशी दम्पती बताउँछन्। झापामा मात्रै नभई आसपासका जिल्लाहरूमा पनि यसको माग बढ्दै गएको छ।

राजवंशीका अनुसार, झापा स्ट्यान्डर्ड कङक्रिट उद्योग हाल सानो मेसिनमार्फत दैनिक ५०० इट्टा उत्पादन गर्दै आइरहेको छ। उद्योगले इन्जिनियर र मिस्रीहरूलाई अभिमुखीकरण तालिम दिँदै बजार विस्तार गरिरहेको छ।

हाल उद्योगले झापा जिल्लाभर ढुवानीसहित प्रति इट्टा रु ५० मा बिक्री गरिरहेको छ। स्थानीय निर्माण व्यवसायीहरू, घर निर्माण गर्ने व्यक्ति, र इन्जिनियरहरू उद्योगसँग प्रत्यक्ष रूपमा जोडिन थालेका छन्।

राजवंशी अब उद्योग विस्तार गर्दै उत्पादन क्षमता वृद्धि गर्ने योजनामा छन्। उनले नेपालभर इन्टरलक इट्टालाई लोकप्रिय बनाउने लक्ष्य राखेका छन्। “नेपालमै केही गर्नुपर्छ भन्ने सोचले यो उद्योग स्थापना गरेको हुँ। अब उत्पादन क्षमता बढाएर झन् धेरै रोजगारी सिर्जना गर्ने योजना छ,” उनी भन्छन्।

प्रतीक राजवंशीको झापा स्ट्यान्डर्ड कङक्रिट उद्योग ले स्थानीय स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय इन्टरलक इट्टा उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। उनको पहलले नेपालको निर्माण क्षेत्रलाई आधुनिक, किफायती, र वातावरणमैत्री प्रविधितर्फ अघि बढ्न मद्दत पुर्‍याइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved