डिकेन्द्र बस्नेत, झापा । मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको बिरोधमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको डिएसपी श्रेष्ठले बताए ।
मुक्कुमलुङमा केबुलकार योजना खारेजीको माग गर्दै आन्दोलनरत समूहले आजदेखि शुरु गरेको अरुण पुर्वका ९ जिल्ला बन्दको पहिलो दिन झापाको दमक अशान्त बनेको छ । बन्दकर्ता र प्रहरीबीच पटकपटक झडपको घटना भएका छ्न ।
आइतबार दिउँसोदेखि शुरु भएको झडपका क्रममा एक जनालाई टाउकोमा चोट लागेको छ । आन्दोलनकारीहरुले साना ठुला गरि तीन वटा सवारीमा तोडफोड गरेका छ्न । बन्द गराउने समुहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरीले सो बारेमा आधिकारिक पुस्टी गरिसकेको छैन । आइतबार दमकबाट पक्राउ परेका आन्दोलनकारीहरुमा पदम बेघा, धनकुमार योङ्हाङ, शुक्रबीर लिम्बु , आदित्य फियाक, प्रकाश लाबुङ , सन्देश लिम्बु , नाम्साङ लिम्बु र तत्काल नाम नखुलेका एक जना छ्न ।
झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार झापाबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार दमकमा प्रदर्शनकारीहरुले एकाएक नाराजुलुस गर्दै गाडि रोक्न थाल्दा प्रहरीले आन्दोलनकारीहरुलाइ पक्राउ गर्न खोजे पछि स्थिती असामान्य भएको थियो त्यस लगत्तै यात्रुबाहक बस सगरमाथा रोक्दा रोक्दै जबर्जस्ति प्रहरीले स्कटिङ गरेर लाने प्रयासमा आन्दोलनकारीहरुले तोडफोड गरिदिएका थिए।तोडफोड गरेपछी लाठी प्रहार गर्दै प्रहरी आक्रमक भएपछी आन्दोलन पक्षकाहरुले ढुङ्गा हान्ने क्रममा सोही स्थानबाट १ जनालाई पक्राउ गरिएको हो ।
सो क्रममा प्रदर्शकारीले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेका थिए भने प्रहरीको दुइटा गाडी क्षति भएको थियो।त्यस्तै प्रहरीले भिडलाइ तित्तर बित्तर पार्न तीन राउण्ड असुर ग्यासको पनि प्रयोग गरेको थियो।
त्यसैगरी धरानबाट पनि ६ जनालाई नियन्त्रणमा लिएको छ ।मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको बिरोधमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको डिएसपी श्रेष्ठले बताए ।
