Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेशी प्रदेशका सबै जिल्लामा ग्लाेबल आईएमईकाे साखा बन्द गर्न १० राजनितिक दलकाे अल्टिमेटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2025
60 shares

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवलकार निर्माणका कारण उत्पन्न विवादले अहिले ठूलो रुप लिएको छ । व्यवसायी चन्द्र ढकालको समूह र पाथीभरामा रहेका   मुक्कुमलुङका स्थानीय समूहबीच चलिरहेको विवादले स्थानीय जनजीवनलाई आक्रान्त बनाएको छ ।

यसै विषयमा मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न अल्टिमेटम दिएका छन् ।

यी संस्थाहरूले चन्द्र ढकालका नेतृत्वमा चलिरहेको पाथीभरा दर्शन केवलकार प्रा.लि. द्वारा पाथीभरामा केवलकार निर्माणको प्रयासलाई तत्काल रोक्नुपर्ने र स्थानीय जनताको धार्मिक आस्थामा अवरोध पुर्याउने कार्य बन्द गर्नुपर्ने माग गरेका छन् । उक्त समूहले ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकलाई पत्र लेखेर माघ १९ गतेभित्र शाखा बन्द गर्न अल्टिमेटम दिएको छ ।

ग्लोबल आइएमइ बैंकका स्थानीय ताप्लेजुङ शाखा, तापेथोक, पाँचथर, इलाम, चारआली, विर्तामोड, इटहरी, धरान, धनकुटा, तेह्रथुम र संखुवासभाका प्रबन्धकलाई पत्राचार गर्दै ती सँस्थाले केबलकारका नाममा मुक्कुमलुङमा भएको चरम मानव अधिकार हनन नरोकिन्जेल शाखा कार्यालय बन्द गर्न अल्टीमेटम दिएका हुन् ।

बैंकलाई लेखिएको पत्रमा भनिएको छ- ‘ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथिभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालले व्यापारिक नाफाको लागि देशको सांस्कृतिक धरोहर, सम्पदालाई संरक्षणको विरोध, ध्यानाकर्षणको वावजुद मुन्धुमी आस्था स्थल मुक्कुमलुङमा सैन्यकरण गरेर जबरजस्ती केबलकार निर्माण गर्न खोज्दा निहत्था मुक्कुमलुङ संरक्षण अभियन्ताहरूमाथि गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानवअधिकारको चरम उल्लंघन भएको र ताप्लेजुङमा मात्र नभएर देश विदेशमा समेत अशान्त वातावरण सिर्जना गरेको, भातृत्व, सद्भाव खलबलाएको हुँदा निज ढकालले मुक्कुमलुङमा केवलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामाग्रीहरू फिर्ता लैजानुपर्ने, निजकै पहलमा सैन्यकरण भएकाले सैन्यकरण फिर्ता गर्न जिम्मा लिनुपर्ने, झुट्टा मुद्दामा थुनिएका मुक्कुमलुङ अभियन्ताहरू प्रदीप मादेन, चन्द्र सागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहाइको लागि जिम्मा लिनुपर्ने, गोली लागेर जीवन वर्वाद भएकोमा आजिवन जीवन निर्वाह क्षतिपूर्ति दिने जिम्मेवारी ढकालले लिनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved