Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चन्द्र ढकालकाे आईएमई ब्राण्डका सम्पूर्ण कारोबार बहिष्कार अभियान तिब्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 1, 2025
1.3K

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालको स्वामित्व आईएमई समुहबाट संचालित सम्पूर्ण व्यापार विगत केही दशकमा निकै उकालो चढेको थियो । सामान्य परिवारबाट उदाएका ढकाल एकै पुस्तामा अर्बपति बनेका सफल व्यापारी समेत हुन् । तर, व्यापारको आकार सँगै राजनीतिक साँठगाँठमा राज्य शक्तिको दुरुपयोगमा समेत उकालो चढेका ढकाल ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरामा केवलकार संचालनको धन्दा शुरु गरेसँगै चरम विवादमा मुछिएका छन् ।

ढकालकै कारण अहिले आदिवासी जनजाती र लिम्बु समुदायको सम्भ्यता ध्वस्त बनाएको भन्दै अभियान्ताहरुले आइएमई ब्राण्डका सम्पूर्ण कारोबार बहिष्कारको अभियानलाई तिब्र बनाएका छन् । ढकाल समेत अध्यक्ष रहेको ग्लोबल आईएमई, ग्लोबल रेमिट, आईएमई पे लगायतमा कारोबार बाहिष्कारको अभियान निकै बढेको हो । सामाजिक सञ्जालमा संगठित रुपमा उनीहरुले यो अभियानलाई अघि बढाएका छन् ।


गत माघ १५ गते किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयका महासचिव निरन्ती तुम्बाम्पोद्वारा जारी विज्ञप्तिमा ग्लोबल आइएमई बैंकको खाता बन्द गरिएको घोषणा गरिएको छ । उनीहरुले विभिन्न प्रदेश तथा जिल्ला कार्यालय र विषयगत समिति र वडालाई समेत सर्कुलर गर्दै ग्लोबल आईएमई बैंकको खाता बन्द गर्न उर्दि नै जारी गरेका छन् । ताप्लेजुङस्थित याक्थुङ लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गरि पवित्र आध्यात्मिक मुन्धुमी स्थल ध्वस्त बनाएको, परम्परागत पुजा प्रक्रिया विथोल्न पचासौँ हजार मुन्धुमी बोटवृक्षहरु, राष्ट्रिय फूल लालीगुराँसका रुखहरु फडानी गरी पर्यावरण सखाप पारेको लगायत आरोपसहित उनीहरुले खाता बन्द गर्न सर्कुलर गरेका हुन् ।

ढकाल समुहको आईएमई रेमिटबाट रकम नपठाउन समेत सर्कुलरमा उनीहरुको निर्देशन छ । निर्देशन अनुसार अधिकांश अभियान्ताले खाता बन्द गरेको जानकारी सहित सामाजिक संजालमा राख्न थालेका छन् । अभियान्ताहरुले खाता बन्द गर्नका लागि डिजिटल अभियान समेत थालेका छन् । सामाजिक संजालमा भेटिएका अधिकांश पोस्टरमा आईएमई बहिस्कारको नारा लेखिएको छ । कतिपयले बैंकको ब्रान्चमै गएर खाता बन्द गरेको निवेदन दिएर तस्विर खिचाएका छन् ।

यो अभियानले तिब्रता पाए ढकाल नेतृत्वको बैंक नै धरासायी बन्ने खतरा बढेको छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार विस्तारको नाममा ढकाल समुहले मुन्धुम सभ्यताको सर्वनास पार्दै आएको भन्दै चौतर्फी विरोध भईरहेको छ । केहीदिन अघि ढकाल समुहले स्थानिय अधिकारकर्मीमाथि प्रहरी लगाएर गोली समेत चलाएको थियो । प्रहरीको गोलीपछि ढकालको आलोचना झनै चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved