Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” बेलबारीमा साहित्य विकाश समितिको साहित्यीक कार्यक्रम सम्पन्न ।”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2025
102 shares

हिमांसु राय,मोरङ-बेलबारी
बेलबारी साहित्य विकाश समिति को आयोजनामा मोरङको बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा दुई दिवसिय बाल साहित्य तथा धिमाल भाषा गोष्ठी एवम् रचना वाचन साहित्यीक कार्यक्रम सु सम्पन्न भएको छ।

कार्यक्रम यहि २०८१ माघ १६ र १७ गते दुईदिन आयोजना गरिएको हो।
कार्यक्रम बेलबारी साहित्य विकाश समिति र नेपाल प्रज्ञा प्रतिष्ठान को संयुक्त रहेको थियो।राष्ट्रको सम्मानको लागि राष्ट्रगान र पानसमा दिप प्रज्वलन गरि शुरुभएको कार्यक्रम बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौला को अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान का उप कुलपति बरिस्ठ लेखक तथा साहित्यकार विमल निभा,विशिष्ट अतिथि बेलबारी नगर प्रमुख दिल प्रसाद राई,उप प्रमुख नितुथापा कोईराला,बरिस्ठ सहित्यकार कुन्ता शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठान भाषा ब्याकरण विभाग प्रमुख त्रैलोक्यमान वनेपाली,विशेष अतिथिहरुमा साहित्यकार तथा समाजेवी पुर्व सांसद हर्कमान तामाङ,बेलबारी प्रज्ञा प्रतिष्ठान कि अध्यक्ष साहित्यकार रेखा सुवेदी, कवि समालोचक पुरुषोत्तम सुवेदी, निवन्धकार एवम् साहित्यकार शार्दुल भट्टराई,जनगगयिका पुर्व संविधान सदस्य मधु गुरुङ, अतिथिहरुमा साहित्यकार ईरान राई सेवक,नाटककार तथा कवि भरत गुरागाई वर्वरिक, साहित्यकार छवि बैरागी,साहित्यकार दिप मग्राती,शिक्षा विद भुपेन्द्र कोईराला, सागर ढकाल,शम्भु खनाल,सारदा भण्डारी,ऋषि पोख्रेल,चन्द्र लिम्बु,साहित्यकार बाबुराम पोख्रेल,पत्रकार तथा साहित्यकार केशु विरही, पत्रकार अम्विका भण्डरी,पत्रकार अर्जुन कुलुङ,पत्रकार तथा साहित्यकार अजित धिमाल,साहित्यकार धनजित पराजुली,साहित्यकार मुना मिश्र,साहित्यकार दिलिप राई सगर समाजसेवी कविन्द्र धिमाल,कलाकार तथा साहित्यकार शिव छाङ्छा,साहित्यकार केफास आस्था,साहित्यकार यज्ञराज सुवेदी सुशेली,साहित्यकार नव राज पोख्रेल,गायक संजिव धिमाल,साहित्यकार तथा संगितकार जे वि थुलुङ,नाटककार तथा साहित्यकार विकाश बुढाथोकी,संगितकार भिम बस्नेत, संगितकार शेखर थापा,सर्जक हिरा खड्का,कुल प्रसाद बराल,गजलकार यादव भट्टराई,सुसिला सुवेदी, जनगायक गोपाल नेपाल, साहित्यकार फडिन्द्र निरौला,गजलकार रमेश भट्टराई ,गीतकार प्रेम गुरुङ,साहित्यकार विदुर सुवेदी,कलाकार तथा साहित्यकार गणेश लामा आँशु लगायत शिक्षक ,बिध्यार्थी,पत्रकार,समाजसेवी र विभिन्न संघ संस्था बाट १५० जना भन्दा माथीको उपस्थित कार्यक्रममा रहेको थियो।
कार्यक्रममा नगरपालिका द्वारा घोषित प्रथम धिमाल जाती का दुई ब्याक्तित्व हरुलाई सम्मान गरियो।सम्मानित हुने प्रथम धिमाल जातीका अजित धिमाल र कविन्द्र धिमाल लाई दोसल्ला तथा प्रमाण पत्र द्वारा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति विमल निभाज्यु को बाहुली बाट सम्मान गरियो। धिमाल भाषा, भेषभुषा,रहनसहन,परम्परा,कला संस्कृति संम्वन्धी ९ पृष्ठक‍ो खोज अनुशन्धानमुलक धिमाल जातिको बारेमा तयार गरिएको कार्यपत्र कार्यक्रममा सम्मानित ब्याक्ति अजित धिमाल ले प्रस्तुत गरेका थिए।
यसैगरि अमेरिकन विश्व बिध्यालय बाट भर्खरै मात्र साहित्य क्षेत्रको विकाशमा करिव तीन दशक देखि सक्रिय रहि निरन्तर साहित्य लेखनमा क्रियाशिल साहित्यकार छवि बैरागी लाई प्राप्त भएको मानार्थ विधाबारिधी बाट आफुहरु पनि उत्साहित भएको भन्दै कार्यक्रममा साहित्य विकाश समितिले दोसल्ला र प्रमाण पत्र द्वारा सम्मान गरेको छ। भने अर्का साहित्यकार जो बाल गीत लेखन,रचना छपाई प्रकाशन गर्ने बेलबारीका अग्रज साहित्यकार हस्त थापा लाई पनि साहित्य विकाश समितिले दोसल्ला र प्रमाण पत्र ले सम्मान गरेको छ।
पहिलो दिनको कार्यक्रममा बेलबारी नगर भित्र रहेका १३ वटा विध्यालयहरु बाट साहित्यीक रचना वाचन गरिएको थियो।
बाल साहित्य सम्वन्धी चर्चा,परिचर्चा,खोज अनुशन्धान र यस्को भविश्य सम्वन्धी बिबणात्मक शोधपत्र साहित्यकार ईरान राई सेवक ले प्रस्तुत गर्नुभएको थियो।
साहित्य विकाश समितिले समितिको विधानत समाजको आजिवन सदस्य लिन ईच्छुक ब्याक्तित्वहरु राजकुमार राई, उमा सिजापती र विष्णु भण्डारी आचार्य लाई समाजको आजिवन प्रमाण पत्र पनि प्रदान गरेको छ।

बेलबारी साहित्य विकाश समितिले आफ्नो स्थापनाकाल देखिनै कला,संस्कृति,भाषा साहित्यको क्षेत्रमा समय समयमा गोष्ठी,अन्तर्क्रिया,साहित्यीक प्रतियोगिता,बार्षिक पुरस्कार वितरण,पुस्तक प्रकाशन,रचना वाचन सांगीतिक तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु र साहित्य क्षेत्रमा विभिन्न माध्यायम बाट योगदान पुर्याउने महानुभावहरुलाई निरन्तर सम्मान समेत गर्दै आईरहेको छ।
कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथि,लगायत अधिकांक्ष वक्ता अतिथिहरुले कला,संस्कृति ,भाषा साहित्यको जगेर्ना गर्नु सबै नागरिकको समान दाईत्व हो। भाषा संस्कृतिले मात्र राष्ट्रको अस्तित्व बचाउन सक्दछ र यसैमा सबैको सकरात्मक सोचलाई केन्द्रीत गराउन वर्तमान आवाश्यक रहेको महत्त्वपूर्ण विचारहरु ब्याक्त गर्नु भयो।
कार्यक्रमको अन्तिम दिन क्याम्पस परिसरमा वृक्षा रोपण तथा फुल रोप्ने कार्य पनि प्रमुख अतिथि र अतिथिहरुको हात बाट सु सम्पन्न भएको छ।
साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौलाले कार्यक्रम समापन गर्ने क्रममा समितिको तर्फ बाट सहभागी सम्पुर्ण अतिथिहरु लाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमका अतिथिहरु लाई स्वागत मन्तब्य साहित्य विकाश समितिका उपाध्यक्ष गोविन्द चोङवाले गर्नु भएको थियो भने, पहिलो दिनको कार्यक्रम साहित्य विकाश समिति कि सचिव उमा सिजापती र दोस्रो दिनको कार्यक्रम संचालन साहित्य विकाश समितिका कोषाध्यक्ष शिव सहयात्रीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved