Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डुबानमा चामेका स्थानिय कारागार भवन, मनाङको ताल गाउँ सम्पर्कबिहिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2021
2.6K

मनाङ । मनाङ सदरमुकाम चामेका पालसाङ गुरुङ ज्यान जोगाउन जिल्ला कारागार भवन पुगेका छन्। पानी परिरहेको छ, चामे बजार अहिले पनि डुबानमै रहेकाले कारागार भवन पुगेको गुरुङले बताए। उनी मात्रै होइन, चामेका झण्डै ३ सय जना अहिले सोही भवनमा गएर बसेको उनले बताए ।

बाढीबाट विस्थापितलाई राखिएको सो कारागार भवन भर्खरै निर्माण सकिएको हो। भवनको निर्माण सकिए पनि ठेकेदारले हस्तान्तरण गर्न बाँकी रहेकाले संचालनमा आउन सकेको थिएन। अहिले बाढीको डुबानबाट मावनीय क्षति हुन नदिन कारागार भवनको प्रयोग गरिएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार केही मानिस भने आफन्तको घरमा गएर बसेका छन्।

ठाडो बग्ने घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले चामे डुबेको छ। प्रहरीका अनुसार ६ घर भत्काएको छ । यी दुई खोलाको बाढीले मर्स्याङ्दी नदीको बहाबलाई समेत दिउँसो केहीबेर रोकेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। बाढीका कारण मनाङको हुलाक कार्यालयमा समेत क्षति पुगेको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पनि बाढीको जोखिममा रहेको प्रहरी प्रमुख डिएसपी खड्काले बताए। उनका अनुसार, दुइवटा खोलाको बीचमा रहेको प्रहरी कार्यालयलाई च्याट्टु खोलाले असर गरिरहेको छ।बाढीका कारण मनाङ जाने सडक अवरुद्ध छ भने विजुलीका पोलहरु ढलेका छन्।

चामे स्थित लघुजलविद्युत आयोजना र तिमाङको लघुजलविद्युत आयोजना बाढीले बगाइदिएको छ। बिजुली नहुँदा संचार सुविधा समेत अवरुद्ध हुने अवस्थामा पुगेको डिएसपी खड्काले बताए। बाढी र पहिरोका कारण मनाङ स्थित तिमाङको बेलीब्रिज बगाएको छ। यसअघि जेठ दोस्रो साता परेको पानीले तिमाङ छहराको काठेपुल बगाएपछि सडक सञ्जालबाट मनाङ टुटेको थियो।

तिमाङ बेलीब्रिजका साथै सडकका अन्य ठाउँमा पनि पहिरो गएको सिडिओ लामिछानेले बताए। बेसीशहर– चामे सडकका धेरै ठाउँमा पहिरो गएको जानकारी आएको डिएसपी खड्काले बताए। मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङ प्रवेशद्वार ताल गाउँ सम्पर्कविहिन बन्न पुगेको छ।

बाढीले बिजुलीका पोल ढलेका छन् भने टेलिफोन सेवा पनि अवरुद्ध हुन पुगेको छ। ताल गाउँ मंगलबार विहानैदेखि संचारविहिन बन्न पुगेको हो। ताल गाउँ मर्स्याङ्दी नदी किनारैमा छ। नदीमा पानीको वहाव १ मिटर मात्रै बढ्दा पनि बस्ती डुबानमा पर्ने समस्या छ।

अहिले तालमा रहेका सबै ४८ घर डुबानमा परेको डिएसपी खड्काले बताए। स्थानीय ज्यान जोगाउन केही सिरानतालतिर त केही म्यार्दीतिर गएर बसेका छन्। तर उनीको अवस्था के छ भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ। ताल गाउँमा जानै नसकिने अवस्था रहेको डिएसपी खड्काले बताए।

‘बाटोमा डुङ्गा र पहिरो झरिरहेको छ, मर्स्याङ्दी उर्लेको छ,’ उनले भने, ‘ताल गाउँका मानिस अन्यत्र जान सक्ने अवस्था पनि छैन।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved