काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपाल सर्लाहीमा ११ सदस्य कार्यसमिति गठन गरिएको छ। पत्रकार अनवर अहमदको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल सर्लाही शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार श्रमजीवी-पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष Janmadev Jaisi को प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ कार्यसमिति घोषणा गरिएकाे हाे ।
कार्यसमितिका अध्यक्षमा अनवर अहमद, उपाध्यक्षमा मनोज यादव, महिला उपाध्यक्षमा अजिता चौधरी, सचिवमा सुमित महत्तो, सहसचिवमा राजिव शाह र कोषाध्यक्षमा लक्ष्मण यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अरोज यादव, राधेश्याम कुसवा, सुभाष मण्डल, अवरार अहमद र विवेक यादव चयन भएका हुन।
विशिस्ट अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् । सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गरिने बताएका छन् ।
सो कार्यका लागि केन्द्र, प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आआफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने बताए । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाको पुर्व अध्यक्ष Rabindra Prasad Sah प्रेस मञ्च नेपाल मधेश प्रदेशको महासचिव Bandna Jha लगायत पत्रकार हरुको उपस्थितिमा श्रमजीवी पत्रकार संघ, नेपाल सर्लाहीमा ११ सदस्य कार्यसमिति गठन गरिएको छ।
