Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भाेलि देखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरुमा अनिश्चितकालीन यातायात बन्द

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 27, 2025
435

काठमाडौं ।  ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक स्थल मुक्कुम्लुङ (पाथीभरा)मा निर्माण भइरहेको केवलकार खारेजीको माग सहित आन्दोलन गरिरहेका पक्षले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ संघीय समिति, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।

माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ। मुक्कुम्लुङ संरक्षणकर्मीहरुले शान्तिपूर्ण रुपमा बसेको ठाउँमा सशस्त्र प्रहरी गएर निर्ममतापूर्वक लाठिचार्ज गर्ने, गोली चलाएर गम्भीर घाइते बनाउने काम राज्य पक्षबाट भएको मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। आन्दोलनरत पक्षले साँस्कृतिक अतिक्रमण गरी मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार बनाउन खोज्ने ग्लोवल आईएमई बैंकमा रहेको बैंक खाता बन्द गराउने, ग्लोवल आईएमई बैंकका विभिन्न शाखाहरुमा शान्तिपूर्ण धर्ना दिने, केवलकार बनाउने अनुमति दिने ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई ताप्लेजुङ बाहिर निषेध गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन्।

मुक्कुम्लुङ (पाथीभरा)मा केवलकार निर्माणकार्य स्थगित नभएसम्म आन्दोलन फिर्ता नहुने पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए। मुक्कुम्लुङ (पाथीभरा)को तल्लो फेदी नजिकै केवलकारको लागि जमिन सम्याउने क्रममा शनिबार प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो। झडपको क्रममा गम्भीर घाइते भएका आन्दोलनरत पक्षका तेह्रथुम म्याङलुङका याम बहादुर लिम्बू, पाँचथर मिक्लाजुङका सगुन लाओती र ताप्लेजुङका धर्मेन पालुङवालाई विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved