Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुक्कुमलुङ संरक्षक आन्दोलनमा प्रहरीकाे गाेलि, दुई घाईते माथि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 26, 2025
232

काठमाडौं । ताप्लेजुङमा मुक्कुमलुङ संरक्षक आन्दोलनकारीहरू माथि प्रहरीले दमन गरेको छ । हिजाे शनिबार सशस्त्र प्रहरीले आन्दोलनकारीहरू भेला भएर बस्ने ठाउँमै पुगेर उनीहरूमाथि कुटपिट गर्नुका साथै अश्रुग्यास र रबरको गोली प्रहार गरेको हाे ।

जस कारण ७० वर्षीय केन्द्रसिंह फुरुम्बोसहित जीतबहादुर केदेम, दिपेश मादेन, जीवन वनेम, शशीहाङ पोमू, लक लिम्बू र राजन लिम्बू घाइते भएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताएका छन् ।

मुक्कुमलुङ संरक्षण पक्षधरहरू फेदीभन्दा माथि बलुडाँडा भन्ने ठाउँमा भेला भएका थिए । सो ठाउँमा आन्दोलनकारीहरू सधै भेला भएर बस्ने गरेका थिए । सशस्त्र प्रहरीहरू सोही ठाउँमा पुगेर गाेलि चलाउँदै दमनमा उत्रिएका हुन् ।

‘केबलकार निर्माण गर्ने एउटा निजी कम्पनीको पक्षमा राज्य आफै लागेर जनतामाथि निर्मम दमन गर्ने काम भयो,’ शनिबार साँझ येक्तेनले भने, ‘अहिलेसम्म हाम्रा साथीहरू सबै जंगलतिरै छन्, प्रहरीले हवाइफायर गरिरहेका छन् रे ।’

भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा समेत राज्यले बर्बर दमन गरेको उनले बताए । हाल मुक्कुमलुङमा प्रहरी प्रशासन तथा सुरक्षा निकायलाई फ्रन्टलाइनमा राखेर जबरजस्ती रूपमा केबलकार निर्माण अघि बढाइएको छ ।

मुन्दुमी स्थल मुक्कुमलुङमाथिको सांस्कृतिक अतिक्रमण र त्यहाँको वन तथा पर्यावरणसमेत विनाश हुने गरी एउटा निजी कम्पनीले नाफा कमाउन केबलकार परियोजना ल्याइएको भन्दै आन्दोलनकारीहरूले सो स्थानलाई प्राकृतिक रूपमै रहन दिनुपर्ने माग गर्दै आएका छन् ।

अध्यक्ष येक्तेनले केबलकार निर्माण रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न चाहेको भए पनि उनले समय नै नदिएको बताए । गृहमन्त्री रमेश लेखकलाई भेट गरिएको तर उनी गम्भीर बन्न नसकेको उनले बताए ।

येक्तेनका अनुसार राज्य पक्षबाट हालसम्म वार्ताका लागि औपचारिक पहल गरिएको छैन । यता, केबलकार निर्माण कम्पनीका मालिक चन्द्र ढकाल भने ‘केबलकार बन्छ, एक-दुई जना मान्छे मर्छ, तर त्यसले केही हुन्न, हामी बनाइछाड्छौं’ भन्दै हिँड्ने गरेको आफूहरूले सुनेको येक्तेनले बताए । उनले भने, ‘अहिले उहाँहरूले त्यसकै परिणाम निकाल्न खोज्दै हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved