Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्कूलमा विद्यार्थीलाई ‘जय श्रीराम’ भन्न लगाइएको घटना: शिक्षा कि धार्मिक प्रचार? 

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 24, 2025
141 shares

साँच्चिनै शिक्षा र स्वास्थ क्षेत्र स्वतन्त्र हुनु पर्छ,न यहाँ राजनिति या त धर्म प्रचार। यी दुबै क्षेत्रमा स्वास्थ र शिक्षित जनशक्ति तयार गरिने दुई क्षेत्र हुन्। तर, नेपाल यस्ताे देश बनिदियाे कि यहाँ जुन ठाउँमा जसले जे गरे पनि हुन्छ, किन भने यहाँ कानुन निरीह छ र नागरिक चेतनशील छैनन्।

स्कुलमा शिक्षकले राजनिति गर्छन् उता अस्पतालमा डाक्टरले। किनभने डाक्टर बन्न पढ्नु पर्छ पढ्दा पढ्दै उ डाक्टरहरुकाे नेता बन्छ र हस्पिटलमा उसले बिरनमिमाथि राजनिति गर्छ।त्याे बिरामि कुन दलका हुन् भनेर विभेद गरिन्छ।

धर्म, आफुलाई असल बाटाेमा हिडाउने एउटा अस्त्र मानिन्छ जुन बिषयकाे शिक्षाहरु दिन फरक स्कुल कलेजहरु छन् तर, नेपालमा कयौं यस्ता स्कुलहरु छन् जहाँका शिक्षकहरुले बिद्यार्थीहरुलाई कक्षाकाेठामा हाजिरी गराउदा हिन्दु धर्मका भगवानकाे नाम बाेल्न बाध्य पारिन्छ।

यसै, बिषयमा राैतहटकाे पराेहा नगरपालिकामा रहेकाे एउटा स्कुलकाे बालबालिकाहरु अलग अलग धर्ममा आस्थावान अभिभावकका सन्तान भएपनि हिन्दुकाे भगवानलाई ” जय श्रीराम ” भन्न बाध्य छन्। के यसाे गरिँरदा ती बिद्यार्थीहरुकाे धार्मिक स्वतन्त्रता जिवित छ त ??

मेवालाल यादव। रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका-४, लौकाहा स्थित ज्ञान कुन्ज बोर्डिङ स्कूलमा विद्यार्थीलाई हाजिरीको क्रममा “Present” भन्ने शब्दको सट्टा “जय श्रीराम” बोल्न लगाइएको एक भिडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा चर्को बहस जन्माएको छ।

भिडियोमा शिक्षकको निर्देशनमा कक्षाको हाजिरी लिने क्रममा विद्यार्थीहरूले “Present” नभनी “जय श्रीराम” भन्न बाध्य भएको देखिन्छ। यो घटनाले धार्मिक तटस्थता र शिक्षा प्रणालीमाथि प्रश्न उठाएको छ। विद्यालय जस्तो थलोमा यस्ता धार्मिक अभिव्यक्तिको प्रयोगलाई अनुचित भन्दै सर्वत्र विरोध भइरहेको छ।

घटनाप्रति स्थानीय अभिभावक र समाजसेवीहरू आक्रोशित छन्। उनीहरूको भनाइ छ कि विद्यालयले धर्मको नाममा जबर्जस्ती थोपर्ने काम गरेको छ। एक अभिभावकले भने, “विद्यालय भनेको शिक्षा प्रदान गर्ने पवित्र स्थान हो। यस्तो प्रकारको गतिविधिले बालबालिकाको मानसिकता र सामाजिक संरचनामा नकारात्मक प्रभाव पार्छ।”

विद्यालय प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, स्थानीय निकाय र सरोकारवाला पक्षहरूले घटनाबारे सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्। जिल्ला शिक्षा कार्यालयले पनि घटनाप्रति चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाउने बताइएको छ।

धर्मनिरपेक्ष मुलुकमा शिक्षालाई धार्मिक प्रचारको माध्यम बनाउनु निन्दनीय कार्य मानिन्छ। यसले धर्मनिरपेक्षताका सिद्धान्तहरूलाई कमजोर पार्न सक्ने खतरा रहेको जानकारहरू बताउँछन्। यस्तो कार्यले विद्यार्थीहरूको स्वतन्त्र सोच र समानतामा आँच पुर्‍याउने सम्भावना हुन्छ।

यस घटनाले धर्म र शिक्षाको बीचको स्पष्ट सीमारेखा कोर्न आवश्यक रहेको देखाएको छ। अभिभावक, शिक्षक, र समाजसेवीहरूले यस्ता घटनाको विरोध गर्दै समानता, सहिष्णुता, र स्वतन्त्रताको पक्षमा आवाज उठाउन जरुरी छ। धर्म व्यक्तिगत आस्था हो, र यसलाई बाध्यकारी बनाउन कुनै पनि स्थान उपयुक्त हुँदैन।

शिक्षाको उद्देश्य सबैलाई समान रूपमा ज्ञान प्रदान गर्नु हो, न कि धर्म विशेषलाई प्राथमिकता दिने। यस घटनाले समाजलाई थप जागरूक र सचेत बनाउने आशा गरिएको छ।

 

भिडियो हेर्नका लागि याे link मा जानुहाेस: https://www.facebook.com/share/v/15gnfa36aB/

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved