J B Motu,काठमाडौं । २०६५ साल असोज ३ गते सम्बन्धित निकाएमा बिधिवत रुपले दर्ता भएकाे भण्डारि सेवा समाजले संस्थामा आबद्ध सदस्यहरुकाे लागि अर्काे नयाँ काम गरेकाे छ। बिश्वभर छरिएर रहेका (रघुवंशी, कौशिक गोत्रीय) भण्डारीहरुलाई एकीकृत गर्ने लक्ष सहित स्थापना भएकाे यस संस्थाले आफ्नो समुदायकाे हकहितकाे लागि काम गर्ने लक्ष लिएकाे छ।
यस्तै उक्त भण्डारी सेवा समाजले संस्थामा आवद्ध रहेकाेहरुलाई सहुलियतमा उपचारका लागि धुम्वाराहि स्थित ह्याम्स (HAMS) अस्पताल सँग एक सम्झौता गरेकाे छ साे सम्झौता अनुसार सबै खाले उपचार सेवामा हस्पिटलले बिशेष छुट दिने सम्झौता गरेको छ।
सम्झौता पत्रमा मिति २०८१ माघ ४ गते शुक्रबार भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष बिर बहादुर भण्डारी र ह्याम्स अस्पताल (धुम्बाराही) प्रा.लि.का अध्यक्ष रामशरण भण्डारीले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता कार्यक्रममा संस्थाका प्रमुख संरक्षक जीवन कुमार भण्डारी, वरिष्ठ सल्लाहकार क्षेत्र ब. भण्डारी, उपाध्यक्ष कुमार भण्डारी, कोषाध्यक्ष राम हरि भण्डारी, वरिष्ट केन्द्रिय सदस्य तथा सामाजिक उत्तरदायित्व समिति संयोजक राम कुमार भण्डारी र केन्द्रिय सदस्य डम्बर भण्डारीको उपस्थिति थियो।
निकट भविष्य संस्थाले नागरिक अस्पताल भक्तपुर र ओम अस्पताल चाबहिलमा पनि आफ्ना भण्डारी बन्धुहरूका लागि उपचार खर्चमा छुटको सम्झौता गर्ने भण्डारी सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष श्री बिर बहादुर भण्डारीले बताउनुभएका छन्।
