Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बौधीमाई नगरपालिकामा भ्रष्टाचार र मेयर यादवको कर्तुतबारे पत्रकार सम्मेलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 17, 2025
696

मेवालाल यादव, रौतहट। रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं. ७ बंकुल बजारस्थित राजन बाबू प्रसाद जयसवालको घरको प्राङ्गणमा आम जनता पार्टीद्वारा आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनको अध्यक्षता आम जनता पार्टीका महासचिव अमर (त्रिभुवन साह)ले गरेका थिए।

सम्मेलनमा नगर प्रमुख प्रदिप कुमार यादवमाथि विभिन्न भ्रष्टाचारका गम्भीर आरोप लगाइए। आम जनता पार्टीका मधेस प्रदेश सचिव भगवान पटेल, बौधीमाई नगर कमिटीका नगर अध्यक्ष रामबाबु प्रसाद कुशवाहा, गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुप सागर देवी उपाध्याय, नेकपा एसका जिल्ला सदस्य राम विलास बैठा, बुद्धिजीवी, पत्रकार, र करिब २५-३० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो।

महासचिव त्रिभुवन साहले नगर प्रमुख यादवले सामाजिक सञ्जालमार्फत दिएको गोली मार्ने धम्कीको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई कानुनी प्रक्रियामा लैजान स्थानीय प्रशासनसँग माग गरेका छन् । उनले नगर प्रमुखले फेसबुकमा लेखिएको स्टाटसलाई आधार मानेर झूटो आरोप लगाई अरूको चरित्र हत्या गर्ने प्रवृत्ति देखाएको बताए।

त्रिभुवन साहले चुनावको समयमा मेयर यादवले चाइनीज भिक्स लगाएर आँसु झार्दै मतदातासँग विभिन्न आस्वासन दिएका तर ती कुनै पनि पूरा नगरेको दाबी गरे। तीन वर्षको अवधिमा रु. १५० करोडको बजेट प्राप्त भए पनि नगरपालिकामा कुनै उल्लेखनीय विकास भएको नदेखिएको भन्दै उनले प्रश्न उठाएका छन् । प्रत्येक वडामा करिब रु. १६ करोड खर्चिएको भनिए पनि त्यो रकम कहाँ खर्च भयो भन्नेबारे पारदर्शिता नभएको साहले पत्रकार सम्मेलन मार्फत बताए।

चुनावको समयमा मेयर यादवले यूरिया मल रु. ५०० मा उपलब्ध गराउने, तीन महिनामा खर्चको हिसाब दिने, र पारदर्शी शासन गर्ने जस्ता प्रतिबद्धता जनाए पनि ती वाचाहरू पूरा नभएको त्रिभुवन साहले बताए। नगरवासीले पटकपटक सूचना माग्दा पनि जवाफ नपाएको र विकासका लागि आश्वासन मात्रै पाएको विषयमा उनले आक्रोश व्यक्त समेत गरे।

मेयर यादवमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै स्थानीय प्रशासनलाई जिम्मेवारी बहन गर्न चेतावनी दिए। नगरवासीले मेयर यादवको कामकाजमा व्यापक असन्तोष व्यक्त गरेको र यथाशीघ्र समाधान नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उक्त पत्रकार सम्मेलनले नगरपालिकाको बजेट, पारदर्शिता, र विकासका सवालमा उठेका प्रश्नहरूलाई उजागर गर्दै भ्रष्टाचारविरुद्ध कठोर कदम उठाउन दबाब समेत त्रिभुवन साहले दिएको छ।

बौधीमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादवमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाउँदै आम जनता पार्टीका मधेस प्रदेश सचिव श्रीभगवान पटेलले तीव्र आलोचना गरेका छन्। पत्रकार सम्मेलनमा उनले मेयर यादवको कार्यकालमा भएका विभिन्न अनियमितता र वाचा पूरा नगरेको विषयलाई उजागर गरेका छन्।

पटेलले मेयर यादवलाई चुनावताका मतदातालाई झूटो आश्वासन दिएर भोट लिने र पछि ती वाचाहरू पूरा नगर्ने भ्रष्टाचार प्रवृत्तिका नेता भएको आरोप लगाए। “मेयरले चाइनीज भिक्स लगाएर आँसु झार्दै हामीलाई विश्वास दिलाए, तर जितेपछि जनता ठग्ने काम मात्रै गरे,” उनले भने।

यसबाहेक, पटेलले मेयर यादवले सामाजिक सञ्जालमा धम्कीपूर्ण व्यवहार देखाउँदै गोली मार्ने धम्कीसमेत दिएको विषयलाई गम्भीरतापूर्वक उठाए। “प्रहरी, प्रशासन, र न्यायाधीश मेरो मुठ्ठीमा छन् भनेर धाक लगाउने मेयरले नगरवासीको चरित्र हत्या गर्ने प्रयास गरेका छन्,” पटेलले भने।

नगरपालिकामा भएको आर्थिक अनियमितता र विकासको अभावप्रति प्रशासनलाई गम्भीर हुन आग्रह गरे। “यदि हाम्रो माग सम्बोधन गरिएन भने जनताले आन्दोलनको मार्ग अपनाउनेछन्,” उनले चेतावनी दिए।

बौधीमाई नगरपालिकामा भ्रष्टाचार र विकासको अभावका कारण जनतामा गहिरो असन्तोष देखिएको छ। श्रीभगवान पटेलको यो आरोपले नगर प्रमुख प्रदिप कुमार यादवको नेतृत्वमाथि थप प्रश्न उठाएको छ। स्थानीय प्रशासन र सरोकारवालाले यसबारे चाँडो कदम नचाल्ने हो भने यो विषय झन् गम्भीर बन्ने देखिन्छ।

बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवमाथि भ्रष्टाचार र अनियमितताको आरोप झन् तीव्र बन्दै गएको छ। आम जनता पार्टीका बौधीमाई नगर कमिटीका नगर अध्यक्ष रामबाबु प्रसाद कुशवाहाले मेयर यादवलाई बालबालिकाका दिवा खाजा बजेटमा कमिसन लिने र शिक्षक नियुक्तिमा नियमविपरीत कदम चाल्ने घटिया प्रवृत्तिको नेता भएको आरोप लगाएका छन्।

रामबाबु कुशवाहाका अनुसार नगरपालिकामा स्कूली बालबालिकाका लागि छुट्याइएको दिवा खाजाको बजेट समेत मेयर यादवले अनियमितता गरेर आफ्नो स्वार्थका लागि प्रयोग गरेका छन्। “दिवा खाजामा समेत कमिसन लिने मेयरको यो प्रवृत्ति बालबालिकाको हक र शिक्षामा धावा बोल्ने हो। यस्तो घटिया मानसिकताले नगरको विकास सम्भव छैन,” कुशवाहाले भने।

स्थायी शिक्षकको उपलब्धता हुँदाहुँदै बालशिक्षाका शिक्षकहरूलाई खाता धारिमा राखेर अनियमितता गरिएको कुशवाहाको दाबी छ। “कुन नियमले स्थायी शिक्षक हुँदाहुँदै बालशिक्षाका शिक्षकलाई खाता धारिमा राख्ने अधिकार दिन्छ? यो मेयरको दादागिरी र नियमविपरीत काम गर्ने शैली हो। नगरपालिकामा स्वेच्छाचारिता र अनुशासनहीनता हावी भइरहेको छ,” उनले भने ।

कुशवाहाले मेयर यादवमाथि नगरवासीको हितविपरीत काम गर्दै व्यक्तिगत फाइदाका लागि नियमविपरीत निर्णय गर्ने र भ्रष्टाचारलाई संस्थागत गर्ने प्रयास गरेको आरोप लगाए। बालबालिकाको शिक्षा र पोषणजस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार गरेर मेयरले आफ्नो नैतिकता गुमाइसकेको दाबी गरे।

रामबाबु कुशवाहाले मेयर यादवको भ्रष्टाचार र अनियमितताको छानबिन गरी कडा कारबाही गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग माग गरेका छन्। यदि शीघ्र कदम नचालिए, जनताले आन्दोलनको माध्यमबाट न्याय माग्ने चेतावनी दिए।

शिक्षा, बालअधिकार, र पारदर्शी शासनका विषयमा यस्ता गम्भीर आरोपले बौधीमाई नगरपालिकामा सुधारको आवश्यकता देखाएको छ। स्थानीय प्रशासनले यस विषयमा शीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved